१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

चेल्सी च्याम्पियन्स लिगको फाइनलमा



काठमाडौं । इंग्लिस क्लब चेल्सी यूईएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस् क्लब रियल म्याड्रिडलाई २-० ले पराजित गर्दै समग्रमा ३-१ को जितसँगै चेल्सी फाइनल पुगेको हो ।

घरेलु मैदान चेल्सीलाई जित दिलाउनको लागि फरवार्ड टिमो वेर्नर र मिडफिल्डर मेसन माउन्टले गोल समान एक/एक गोल गरे । चेल्सीले दुवै हाफमा एक/एक गोल गरेको थियो ।

खेलको २९ औं मिनेटमा जर्मन फरवार्ड वेर्नरको गोलमा चेल्सीले अग्रता लिएको थियो । काइ हाभर्ट्जको चिप प्रहार क्रसबारमा लाग्दै फर्केपछि वेर्नरले त्यसै बललाई खाली पोस्टमा हेडरमार्फत गोल गरेका थिए ।

खेलको ८५ औँ मिनेटमा माउन्टले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । उनले क्रिस्टियन पुलिसिचको पासमा गोल गरेका थिए । त्यसपछि बाकीँ समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल चेल्सीले जित्त्यो ।

चेल्सीले अब मे २९ मा हुने फाइनलमा इंग्लिस प्रिमियर लिगकै म्यानचेस्टर सिटीको सामना गर्नेछ । सिटीले मंगलबार पिएसजीमाथि ४-१ को जित दर्ता गर्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ६ : ५४ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना