६ बैशाख २०८३, आइतबार | April 19, 2026

चेल्सी च्याम्पियन्स लिगको फाइनलमा



काठमाडौं । इंग्लिस क्लब चेल्सी यूईएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस् क्लब रियल म्याड्रिडलाई २-० ले पराजित गर्दै समग्रमा ३-१ को जितसँगै चेल्सी फाइनल पुगेको हो ।

घरेलु मैदान चेल्सीलाई जित दिलाउनको लागि फरवार्ड टिमो वेर्नर र मिडफिल्डर मेसन माउन्टले गोल समान एक/एक गोल गरे । चेल्सीले दुवै हाफमा एक/एक गोल गरेको थियो ।

खेलको २९ औं मिनेटमा जर्मन फरवार्ड वेर्नरको गोलमा चेल्सीले अग्रता लिएको थियो । काइ हाभर्ट्जको चिप प्रहार क्रसबारमा लाग्दै फर्केपछि वेर्नरले त्यसै बललाई खाली पोस्टमा हेडरमार्फत गोल गरेका थिए ।

खेलको ८५ औँ मिनेटमा माउन्टले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । उनले क्रिस्टियन पुलिसिचको पासमा गोल गरेका थिए । त्यसपछि बाकीँ समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल चेल्सीले जित्त्यो ।

चेल्सीले अब मे २९ मा हुने फाइनलमा इंग्लिस प्रिमियर लिगकै म्यानचेस्टर सिटीको सामना गर्नेछ । सिटीले मंगलबार पिएसजीमाथि ४-१ को जित दर्ता गर्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ६ : ५४ बजे

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथि प्रतिबन्ध प्रयासप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा

काठमाडौंमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

काठमाडौं । काठमाडौंको बिष्णुमती खोलाको किनारमा ठुलो परिमाणको हतियार फेला

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको

‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका