१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

गण्डकीका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमाथि २७ गते मतदान हुने



पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वाको प्रस्तावमाथि यही वैशाख २७ गते मतदान हुनेभएको छ ।

वैशाख १५ गते नै मतदान हुनुपर्ने भएपनि राष्ट्रिय जनमोर्चाका सांसद वेपत्ता भएको भन्दै खोजविन गर्न सोही दलका सचेतकले लिखित निवेदन दिएपछि सभामुख नेत्र अधिकारीले अनिश्चितकालकालागि बैठक स्थगित गरेका थिए । तर, वेपत्ता भएका भनिएका सांसद एकै दिनमा दुई वटा पीसीआर रिपोर्टसहित चरक अस्पतालको कोरोना आईसीयू वार्डमा भर्ना भएको पछि थाहा लागेको थियो ।

सत्तारुढ एमालेले एकजना सांसदको अनुपस्थितिमा सभामुखले संसद अचानक स्थगित गरेको भन्दै विरोध गर्दै आएको थियो । जसकाकारण दलहरुबीच सहमति नबन्दा संसद बैठक र मतदानको अवस्था अन्यौलपूर्ण अवस्थामा रहेको थियो । एमालेले अविश्वासको प्रस्ताव असफल बनाउन जनमोर्चाका सांसदलाई प्रभावित बनाएर अस्पताल पुर्याएको विपक्षी दलहरुले आरोप लगाउँदै आएका थिए ।

प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बिहीबार बसेको बैठक दलहरुबीच वैशाख २७ गते मतदान गर्ने सहमति भएको छ । एमालेले २८ गते बैठक बस्नुपर्ने अडान राखेको थियो भने विपक्षी दलहरुले २६ गते टुंगो लगाउनुपर्ने बताएका थिए । तर, बीचमा सभामुखले २७ गते बैठक बस्न प्रस्ताव गरेपछि सत्ता पक्ष र विपक्षी दलहरु सहमत भएका हुन् ।

मुख्यमन्त्री गुरुङ विरुद्ध सबै विपक्षी दलहरु मिलेर अविश्वासको प्रस्ताव पास गर्ने सहमति गरेका छन् । अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेको जनमोर्चाका ३ सांसदले पनि प्रस्तावकै पक्षमा मतदान गर्ने निर्णय गरिसकसको छ । बिरामी भएका भनिएका जनमोर्चा सांसद शाहीले समेत अस्पतालबाटै विज्ञप्ति निकालेर पार्टीकै निर्देशन मान्ने जनाएका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ५ : २४ बजे

पत्रकार महासंघको स्थापना दिवसको अवसरमा सभामुख घिमिरेले दिए शुभकामना

काठमाडौ. । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै म्याग्दीको प्राविधिक शिक्षालय

म्याग्दी । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको

संस्थागत विद्यालयलाई नेपालीपन झल्कने नाम राख्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयहरूलाई नेपालीपन झल्कने नाम राख्न

सिरहामा १० मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र बाहिरियो

सिरहा । सिरहामा परीक्षा सञ्चालन भएको १० मिनेट नबित्दै (एसइई)

किन विवादमा पर्यो एसपी बढुवा सिफारिस ?

काठमाडौं । नेपाल प्रहरीका आठ प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई