२९ मंसिर २०८२, सोमबार | December 16, 2025

निषेधाज्ञा फितलो भएकै कारण रुपन्देहीमा संक्रमितको ग्राफ घटेन, आज थपिए ७४५ संक्रमित बुटवलमा ३२८



बुटवल । रुपन्देहीमा निषेधाज्ञा जारी भएको ८ औ दिन पुग्दा पनि संक्रमित थपिने क्रम रोकिएको छैन । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ७४५ जना कोरोना संक्रमित थपिएका छन् । रुपन्देहीका बिभिन्न प्रयोगशालामा गरीएको ११८३ नमुना परीक्षणमा ७४५ जनामा संक्रमण पुष्टि भएको हो । जिल्लामा साहि अवधीमा ९ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार बुटवल उपमहानगरमा आज ३२८ जना नयाँ संक्रमित थपिएका छन् भने तिलोत्तमामा १५० जना, सिद्धार्थनगरमा ९७ जना, सैनामैनामा ५६ जना, देवदहमा ३१ जना र ओमसतियामा २३ जना संक्रमित थपिएका छन् । त्यसैगरि सुद्धोधनमा १८ जना, सियारीमा १३ जना, मायादेबीमा १२ जना, कञ्चनमा ७ जना, गैडहवा र रोहिणीमा ४।४ जना तथा मर्चवारी र लुम्बिनी साँस्कृतिक नगरमा १।१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा अहिले सम्ममा २४२ जनाको मृत्यु भईसकेको छ भने आज २०२ जना कोरोना मुक्त भएका छन् ।

निषेधाज्ञामा कडाई :

निषेधाज्ञा जारी गरेको ८ दिन पार गर्दा पनि संक्रमित थपिने दर र मृत्यु दरमा कमी नआएपछि स्थानीय प्रशासनले आजबाट निषेधाज्ञालाई थप कडा पार्ने भएको छ । निषेधाज्ञा फितलो भएको सम्बन्धमा खबरकुराले पटक पटक समाचार प्रकाशन गर्दै आएको छ । आज रुपन्देहीको भैरहवामा बसेको डीसीसीएमसी रुपन्देहीको बैठकको सिफारिसका आधारमा निषेधालाई अझै कडा बनाउने निर्ण गरिएको हो ।

आजै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जारी गरेको थप कडाई सम्बन्धी सुचनामा अवदेखि निर्माण लगायतका गैर खाद्य उद्योगहरु पूर्णरुपमा बन्द गर्ने, बैंक बित्तीय संस्थामा एक जना प्राबिधिकमात्र राखेर अन्य काम बन्द गर्ने तथा तरकारी जन्य सामाग्रीहरु स्थानीय तहको समन्वयमा कृषि एम्बुलेन्स मार्फत बिक्रिवितरण गर्ने जस्ता आदेशहरु उल्लेख गरिएको छ । यस अघि जारी आदेशमा पनि दैनिक उपभोग्य वस्तुका पसल पूर्णरुपमा बन्द गर्ने आदेश गर्दै स्थानीय उद्योग बाणिज्य संघ र ब्यापार संघहरुले चौक चौकमा रातीको समयमा मात्र दैनिक उपभोग्य सामाग्रीको बिक्रि बितरण गर्ने आदेश गरिएपनि कार्यान्वयन हुन सकेको थिएन ।

बुटवल लगायतका बजारमा बिहानै लाग्ने किसानका तरकारीको हाटबजार समेत बन्द हुन नसक्दा र प्राय सबै खाद्यान्ह पसलले लुकिछिपी ग्राहकको भिड लगाउँदा बुटवल उपमहानगर कोरोना थपिने नगरबाट मुक्त हुन सकेको छैन ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ६ : ५० बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको