२२ भदौ २०८३, सोमबार | September 7, 2026

अप्ठ्यारोमा प्रधानमन्त्री ओली



काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्नेगरी राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ ।

आफूविरुद्ध मोर्चाबन्दी भएपछि अप्ठ्यारोमा रहेका ओली अहिले विश्वासको मत लिनका लागि दौडधुप गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको एमाले स्थायी कमिटी बैठकले राजनीतिक दलहरूसँग छलफल गरेर प्रधानमन्त्री ओलीको पक्षमा बहुमत जुटाउने निर्णय गरेको हो ।

परराष्ट्र मन्त्री समेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले राजनीतिक दलहरूसँग छलफल गर्ने निर्णय भएको जानकारी दिए । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संसद्मा आगामी वैशाख २७ गते विश्वासको मत लिँदैछन् । नेकपा माओवादी केन्द्रको समर्थनमा बनेको ओली सरकारले माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका छन् ।

स्थायी कमिटी बैठकले विश्वासको मतका लागि दलहरूसँगको छलफल अझै संघन रूपमा अघि बढाउने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताए । आगामी जेठ ६ गते हुने बागमती प्रदेशतर्फको राष्ट्रियसभा सदस्य निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउने गरी छलफल अघि बढाउने निर्णय पनि बैठकले गरेको उनले जानकारी दिए ।

‘जेठ ६ गते हुन गइरहेको बागमती प्रदेशबाट निर्वाचित हुने १ जना राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा एमालेको उम्मेदवारलाई जिताउने गरी, एमालेको जीत सुनिश्चित हुने गरी छलफल गर्ने निर्णय भएको छ,’ ज्ञवालीले भने, ‘उम्मेदवारको हकमा हामी छिट्टै निर्णय गर्छौं । विश्वासको मत प्राप्त गर्नेगरी विभिन्न पक्षसंग छलफल चलिरहेको छ । त्यसलाई अझै सघन ढंगले अघि बढाउने र त्यसलाई निरन्तरता दिने पनि कुरा भएको छ ।’

यही विषयलाई लिएर प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई बुधवार भेटेका थिए । एमाले नेतासहित देउवा निवास बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीलाई देउवाले विश्वासको मत नदिने जवाफ दिइसकेका छन् ।

प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपालमा नेता समेत भेट्ने कार्यक्रम छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले कांग्रेस, माओवादी र जसपाको सहयोगमा राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटालाई उम्मेदवार बनाएपछि ओली समूह तनावमा रहेको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ६ : ४३ बजे

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको