११ कार्तिक २०८३, बुधबार | October 28, 2026

अप्ठ्यारोमा प्रधानमन्त्री ओली



काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्नेगरी राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ ।

आफूविरुद्ध मोर्चाबन्दी भएपछि अप्ठ्यारोमा रहेका ओली अहिले विश्वासको मत लिनका लागि दौडधुप गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको एमाले स्थायी कमिटी बैठकले राजनीतिक दलहरूसँग छलफल गरेर प्रधानमन्त्री ओलीको पक्षमा बहुमत जुटाउने निर्णय गरेको हो ।

परराष्ट्र मन्त्री समेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले राजनीतिक दलहरूसँग छलफल गर्ने निर्णय भएको जानकारी दिए । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संसद्मा आगामी वैशाख २७ गते विश्वासको मत लिँदैछन् । नेकपा माओवादी केन्द्रको समर्थनमा बनेको ओली सरकारले माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका छन् ।

स्थायी कमिटी बैठकले विश्वासको मतका लागि दलहरूसँगको छलफल अझै संघन रूपमा अघि बढाउने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताए । आगामी जेठ ६ गते हुने बागमती प्रदेशतर्फको राष्ट्रियसभा सदस्य निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउने गरी छलफल अघि बढाउने निर्णय पनि बैठकले गरेको उनले जानकारी दिए ।

‘जेठ ६ गते हुन गइरहेको बागमती प्रदेशबाट निर्वाचित हुने १ जना राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा एमालेको उम्मेदवारलाई जिताउने गरी, एमालेको जीत सुनिश्चित हुने गरी छलफल गर्ने निर्णय भएको छ,’ ज्ञवालीले भने, ‘उम्मेदवारको हकमा हामी छिट्टै निर्णय गर्छौं । विश्वासको मत प्राप्त गर्नेगरी विभिन्न पक्षसंग छलफल चलिरहेको छ । त्यसलाई अझै सघन ढंगले अघि बढाउने र त्यसलाई निरन्तरता दिने पनि कुरा भएको छ ।’

यही विषयलाई लिएर प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई बुधवार भेटेका थिए । एमाले नेतासहित देउवा निवास बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीलाई देउवाले विश्वासको मत नदिने जवाफ दिइसकेका छन् ।

प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपालमा नेता समेत भेट्ने कार्यक्रम छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले कांग्रेस, माओवादी र जसपाको सहयोगमा राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटालाई उम्मेदवार बनाएपछि ओली समूह तनावमा रहेको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ६ : ४३ बजे

मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको आग्रह

मुस्ताङ । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले यही कात्तिक १२

चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

दाङ । बंगालको खाडीमा विकसित ‘अर्नाव’ चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका

भोजपुरमा धान थन्क्याउन कामदार अभाव, युवा पलायनले किसान मर्कामा

भोजपुर । गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी र सहरतर्फ पलायन

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके । वर्षायाममा बन्द गरिएको जङ्गल सफारी पुनः सञ्चालनमा आएसँगै

वीरगञ्ज भन्सारले असोजमा उठायो २६ अर्ब ७२ करोड राजस्व

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा २६ अर्ब ७२