१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

राष्ट्रियसभा उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता, एमाले उम्मेदवारबारे अन्यौल कायमै



काठमाडौं । राष्ट्रियसभामा बागमती प्रदेशबाट रिक्त एक पदको उपनिर्वाचनको उम्मेदवारी मनोनयन दर्ता आज हुँदेछ ।

राष्ट्रिय सभामा निर्वाचित हुन छुट्याइएको अन्य समुह अन्तर्गत हुन लागेको उपनिर्वाचनका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय छुट्याइएको छ ।

२०७४ सालमा नेकपा माओवादी केन्द्रबाट विजयी बनेका गृहमन्त्री समेत रहेका रामबहादुर थापाले दल त्याग गर्दै एमालेमा प्रवेश गरेपछि संविधानतः रिक्त रहेको सो पदमा जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि नेकपा एमालेले यसअघि नै गृहमन्त्री थापालाई नै उम्मेदवार बनाउने घोषणा गरेको थियो । तर, विपक्षी गठबन्धनले एमालेकै एक समुहको सहयोगमा साझा उम्मेदवार उठाउने घोषणा गरेपछि एमालेमा अन्यौल उत्पन्न भएको छ ।

बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकमा थापाले आफुले जित्ने सुनिश्चित भएमात्र उम्मेदवार बन्ने जनाएपछि एमाले अप्ठेरोमा परेको हो । थापाले जित्न नसक्ने अवस्थामा उम्मेदवार बन्न नचाहेपछि एमालेलाई अर्को उम्मेदवार तय गर्नुपर्ने बाध्यता छ । तर पनि अहिलेसम्म एमालेबाट को उम्मेदवार बन्ने भन्ने तय भैसकेको छैन ।

 

यो पनि पढ्नुहोस : बागमतीमा राष्ट्रिय सभा उपचुनाव : थापाको रि–इन्ट्री या देवकोटाको छलाङ ! मतभारको समीक्षा

संघीयताविज्ञ डा. खिमलाल देवकोटा राष्ट्रिय सभाको रिक्त पदमा विपक्षी गठबन्धनका साझा उम्मेदवार चयन

 

एमालेभित्र माधवकुमार नेपाल पक्षलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले भटाभट कारवाही गर्दै पार्टीबाटै निस्काशन गर्न थालेपछि नेपाल पक्षले समेत विपक्षी नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसँग मिलेर उम्मेदवार बनाउने सहमति गरेको थियो । माओवादी र कांग्रेसले माधव नेपाल निकट बुद्धिजीवि डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने सहमति सार्वजनिक गरेसँगै एमालेभित्र हलचल सुरु भएको हो । नेपाल निकट देवकोटालाई माओवादी, कांग्रेस र जनता समाजवादी पार्टीको समर्थन रहेको छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशका सांसदहरु र स्थानीय तहका प्रमुख उपप्रमुखहरु मतदाता हुन्छन् । प्रदेश सांसदको मतभार ४८ रहेको हुन्छ भने स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ रहेको हुन्छ । कुल मतभार जसले बढी पाउँछ उही उम्मेदवार विजयी बन्छन् ।

राष्ट्रिय सभा निर्वाचनमा नेपाल पक्ष कांग्रेस माओवादी गठबन्धनमा सामेल भएपछि ओली पक्ष झस्केको छ । नेपाल पक्षले विपक्षीहरुसँग गठबन्धन बनाएसँगै एमालेको एकल मतभार कम हुने भएपछि एमालेको ओली पक्षले नेपालपक्षलाई फकाउने रणनीति सुरु गरिसकेको छ । स्थायी कमिटीमा नेपाल सहितका नेतालाई गरिएको कारवाही फिर्तादेखि नेपाल पक्षका युवा नेताहरुलाई बोलाएर फकाउने कार्यलाई ओली पक्षले तीब्र पारेको छ ।

राष्ट्रिय सभाको उपनिर्वाचनका लागि जेठ ६ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।
यस्तै, लुम्बिनी प्रदेशमा रिक्त अर्को एक पदका लागि जेठ १७ गते उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ९ : ३० बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज