११ बैशाख २०८१, मंगलबार | April 23, 2024

उपचुनाव अपडेट : मध्यान्ह १२:३० सम्म २९२ मत खस्यो, अब ८ जना मतदाताको प्रतिक्षा



दाङ । लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रियसभाको एक सदस्यका लागि भैरहेको उपचुनावको मतदान जारी छ ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा तोकिएका ३ वटा मतदानस्थलमा मध्यान्न १२:३० बजेसम्म २९२ जनाले मतदान गरिसकेका छन् ।

यसमध्ये स्थानीयतर्फ ८० जना महिला र १०८ जना पुरुषले मतदान गरिसकेका छन् । यसैगरी प्रदेशसभातर्फ ३० जना महिला र ५० जना पुरुषले मतदान गरेका छन् ।

यसैगरी कोभिड केन्द्रमा प्रदेशका ३ जना र स्थानीयतर्फ २१ जनाले मतदान गरेका छन् । निर्वाचनमा कुल मतदाता ३०० जना रहेका छन् ।

बिहान ९ बजेबाट मतदान सुरु भएको मतदानको समय ३ बजेसम्म रहेको छ । पहिलो मतदान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पहिलो मतदान गरेका थिए ।

उपचुनावमा दुई जना उम्मेदवार मैदानमा रहेका छन् । काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार रहेका छन् ।

मतदान सकिएपछि सर्वदलीय बैठक बसेर तत्कालै मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत रीतेन्द्र थापाले जानकारी दिएका छन् । यसअघि माओवादी केन्द्रबाट राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका खड्का एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले दलत्यागको सुचनाका आधारमा स्थान रिक्त भएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  १२ : ५२ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना