२६ बैशाख २०८१, बुधबार | May 8, 2024

राष्ट्रियसभा उपनिर्वाचन मतगणना जारी, स्थानीय तहमा कांग्रेस उम्मेदवारको अग्रता



दाङ । लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्यकका लागि आज भएको उपनिर्वाचनको मतगणना भैरहेको छ ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतगणना सुरु भएको हो ।

स्थानीय तहबाट २१२ मत गन्दा ११८ मत कांग्रेस उम्मेदवारले प्राप्त गरेका छन् । जसको कुल मतभार २१२४ रहेको छ । यस्तै एमालेका उम्मेदवारले ९३ मत पाएका छन् । उनको मतभार १६७४ रहेको छ । एक मत बदर भएको छ ।

यसैस्थानमा बिहान ९ बजेदेखि ३ बजेसम्म भएको मतदानमा २९७ जनाले मत हालेका थिए । ३०० जना मतदाता रहेकोमा स्थानीय तर्फबाट ३ जना अनुपस्थित भएका थिए ।

निर्वाचनमा नेपाली काँग्रेसका दृगनारायण पाण्डे र नेकपा एमालेका चन्द्रबहादुर खड्का चुनावी मैदानमा छन् ।

२०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित खड्काले दल त्याग गरेपछि रिक्त स्थानमा आज मतदान भएको हो । खड्कालाई एमालेले पुनः उम्मेदवार बनाएको छ । यस्तै, प्रदेशसभामा एमालेका सांसद रहेका पाण्डेले एकमहिना अघि एमाले परित्याग गरेपछि कांग्रेस, माओवादी र जनमोर्चाको समर्थनमा उम्मेदवार बनेका हुन् ।

केही बेरमै आउने नतिजाले खड्का पुनः इन्ट्रिीमार्छन् कि पाण्डे प्रदेशसभाबाट राष्ट्रियसभा पुग्छन् भन्ने निक्र्यौल हुनेछ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ४ : १२ बजे

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम