१ पुस २०८२, मंगलबार | December 16, 2025

पण्डितको पिरलो



पोखरा । कोभिड –१९ का कारण जारी निधेषाज्ञाले हिन्दू धर्म संस्कारअनुसार गरिने सांस्कारिक कर्म प्रभावित भएका छन् । स्वास्थ्य सतर्कतासहित कर्म गर्ने वातावरण मिलाइदिन संस्कृति युवा मञ्च नेपालले प्रशासनसमक्ष आग्रह गरेको छ ।

मञ्चका अध्यक्ष हरिशरण पौडेलले हिन्दू धर्मसंस्कारअनुसार जन्मदेखि मृत्युपर्यन्त गरिने १६ संस्कारका लागि ब्राह्मण, पुरोहितको आवश्यकता हुने भएकाले स्वास्थ्य सतर्कतासहित कर्म गर्ने सहज वातावरण मिलाइदिन प्रशासनसमक्ष आग्रह गरिएको बताए । पौडेलले भने, “हिन्दू धर्म संस्कारअनुसार गरिने कर्मका लागि ब्राह्मणको आवश्यकता पर्छ तर जारी निषेधाज्ञाले सम्बन्धित कर्म गर्न र गराउनबाट ब्राह्मणहरु वञ्चित छन् ।” उनले स्वास्थ्य सतर्कता अपनाएर पण्डितहरुलाई सांस्कारिक कर्म गर्ने पाउने वातावरण बनाइदिन प्रशासनमा ज्ञापनपत्र बुझाइएको बताए।

“पत्रकार स्वास्थ्यकर्मीलगायत अन्यले जसरी स्वास्थ्य सतर्कतासहित आफ्नो कर्म गरेका छन्, त्यसरी नै ब्राह्मणहरुले पनि आफ्नो सांस्कारिक कर्म गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो ।” उनले यस्तै कारणले धर्मसंस्कार र संस्कृतिलाई बेवास्ता गर्दै गए सबै लोप हुँदै जाने भन्दै चिन्तासमेत व्यक्त गरे।

मञ्चका सचिव विश्वराज सापकोटाले अग्रपंक्तिमा रहेर सांस्कारिक कर्ममा जुट्दा कोभिड –१९ को जोखिम पनि उत्तिकै रहने अवस्थालाई दृष्टिगत गरेर खोपको व्यवस्था गर्न पनि मञ्चले प्रजिअसमक्ष आग्रह गरेको जानकारी दिए ।

विश्व हिन्दू महासंघका अध्यक्ष पार्वती पौडेलले वर्तमान अवस्थाका कारण हिन्दू धर्मसंस्कारअनुसार गरिने विधि हुन नपाएको गुनासो गरिन । “अहिलेको कठिन अवस्थामा हाम्रा धर्म संस्कारहरु पनि मासिँदै छन् । स्वास्थ्य पहिलो प्राथमिकता हो, सँगसँगै स्वास्थ्य सतर्कतासहित गर्न मिल्ने सांस्कारिक कर्म गर्न प्रशासनले रोक्नुहुँदैन ।” उनले हिन्दू धर्ममा १६ संस्कार गर्ने चलन रहेकामा कोरोना भाइरसका कारण यस्ता कर्मबाट वञ्चित हुनुपरेको सुनाइन । परम्परागत सांस्कृतिक कर्म नहुँदा मनोसामाजिक अवस्थामा पनि असर पर्दै गएकाले यसतर्फ सोच्नुपर्ने तथा कोरोनाका कारण मृत्यु भएपछि शव गाड्नेभन्दा पनि जलाउनुपर्नेमा उनले जोड दिइन ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ९ : ५९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज