१७ असार २०८३, बुधबार | July 2, 2026

प्रधानमन्त्री ओलीले बोलाए निकट नेताहरुलाई बालुवाटार



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु निकट नेताहरुको बैठक बोलाएका छन् ।

पार्टीको कुनै औपचारिक बैठक नभएपनि अनौपचिारिक रुपमा नेताहरुलाई आफ्नै निवास बालुवाटार बोलाइएको एक नेताले बताए ।

प्रतिनिधिसभामा विश्वासको मत लिने दिन नजिकिँदै गएको र राष्ट्रियसभाको रिक्त पदमा आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने भएका कारण ओलीले नेताहरुसँग छलफल गर्न लागेका हुन् । माधवकुमार नेपाल पक्ष विपक्षी दलहरुसँग मिलेर उम्मेदवार उठाएपछि ओली थप दबाबमा परेका छन् ।

दुई दिनअघि सम्म नेपाल पक्षलाई भित्तैमा पुर्याउने गरी कारवाही गर्दै हिँडेका ओलीले अन्तिम समयमा आएर नेपाल पक्षलाई फकाउन सबै उपाय गरिरहेका छन् । ओलीकै सुझावमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेता नेपालसँग बिहीबार मध्यरातसम्म छलफल गरेकी छिन् । अर्कोतर्फ ओली निकट नेताहरु महासचिव इश्वर पोखरेल, सुवास नेम्वाङ र विष्णु पौडेलले नेपाल निकट नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेहरुलाई अलगअलग र सामुहिक रुपमा समेत छलफल गरिरहेका छन् ।

नेपाल पक्षले भने २०७२ जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने अडान कायमै राखेको छ । ओली पक्षले चार नेतालाई गरिएको निस्काशन र सांसदहरुलाई सोधिएको स्पष्टीकरण फिर्ता लिन तयार हुँदै राष्ट्रिय सभा निर्वाचनमा एक भएर जान र प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने माग गरेको छ ।

 

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १० : २१ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)