१७ असार २०८३, बुधबार | July 2, 2026

गृहमन्त्री थापाको विश्वास : ५१३० मतका साथ जित सुनिश्चित छ



हेटौंडा । राष्ट्रियसभा उपचुनावका लागि मनोनयन दर्ता गराएका गृहमन्त्री रामबहादुर थापाले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।

हेटौंडास्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्रापछि गृहमन्त्री थापालो बागमती प्रदेशमा आफ्नो पार्टीको ५ हजार १३० मत आफुलाई आउने दावी गरे । थापाले भने, ‘हाम्रो पार्टीको ५ हजार १३० मत छ, त्यसकारण यो मतले नै के स्पष्ट गरेको छ भने यो निर्वाचनमा मेरो विजय सुनिश्चित छ ।’

थापाले बिहीबार मात्रै स्थायी कमिटी बैठकमा उम्मेदवार बन्न हिच्किचाएका थिए । एमालेकै माधवकुमार नेपाल पक्षले माओवादी र कांग्रेसँग मिलेर उम्मेदवार उठाएपछि थापाले उम्मेदवार नबन्ने बताएका थिए । तर, शुक्रबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरुले जसरी पनि जित्ने विश्वास दिलाएपछि थापा उम्मेदवार बन्न राजी भएका हुन् । थापालाई नेपाल पक्षमा रहेका कम्तिमा २० जना प्रदेशसभा सांसदहरुको मत परेन भने चुनाव जित्न मुस्किल पर्छ ।

राष्ट्रियसभा निर्वाचनमा २०७४ मा माओवादी केन्द्रबाट विजयी बनेका थापा एमालेमा प्रवेश गरेपछि दल राजनीतिक दलसम्बन्धी ऐनअनुसार उनको पद खारेज भएको थियो । सोही पदमा जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  २ : १७ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)