२९ चैत्र २०८२, आइतबार | April 12, 2026

पाकिस्तानी प्रधानमन्त्री खान साउदी अरबको भ्रमणमा



इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान साउदी अरबको तीन दिन भ्रमणका लागि शुक्रबार रियाद गएका छन् । भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धका बारेमा छलफल हुनेछ ।

पाकिस्तानी अखबार डनका अनुसार दुई देशबीच केही समयदेखि जारी तिक्तता हटाउन दुबै पक्षले प्रयास गर्नेछन् ।

पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सल्मानको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री खानले साउदी अरेबियाको भ्रमण गर्न लागेको जनाएको छ ।

प्रधानमन्त्री खानका साथ विदेश मन्त्री र मन्त्रिमण्डलका अन्य सदस्य समेतको प्रमण्डल रहेको छ ।

भ्रमणका क्रममा साउदी पक्षसँग आर्थिक, व्यापारिक, लगानी, ऊर्जा, रोजगारीका अवसर समेतका विविध विषयमा छलफल हुने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । साथै बैठकमा दुबै पक्षले आपसी चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलाका विषयमा पनि विचार आदानप्रदान गर्ने डनले लेखेको छ ।

साउदी अरेबियाको भ्रमणका क्रममा प्रधानमन्त्री खानले इस्लामिक सहयोग संगठन ९ओआइसी० का महासचिव युसुफ अल–ओथाइमीन, विश्व मुस्लिम लिगका महासचिव मोहम्मद बिन अब्दुलकरिम अल–इसा र मक्का एवं मदिनाका मस्जिदका इमामसँग पनि भेटघाट गर्नेछन् ।

पाकिस्तानी प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा पाकिस्तान र साउदी अरेबियाबीच लामो र ऐतिहासिक भातृत्वपूर्ण सम्बन्ध रहिआएको उल्लेख गरिएको छ । “दुई देशबीचको सम्बन्ध सबै क्षेत्रमा प्रगाढ रहेको तथा क्षेत्रीय एवं अन्तर्राष्ट्रिय मामिलामा आपसी समझदारी रहँदै आएको छ,” विज्ञप्तिमा भनिएको छ ।

यद्यपी पाकिसतान र साउदी अरेबियाबीचको सम्बन्धमा सन् २०१५ देखि तिक्तता आएको छ । खासगरी यमनमा जारी युद्धमा पाकिस्तानी संसदले आफ्ना सेना पठाउन रोक लगाउने निर्णय गरेपछि दुबै देशबीच असमझदारी बढेको हो । साउदी अरेबियाको अग्रसरतामा यमनमाथि आक्रमण हुँदै आएको छ जसबाट ठूलो जनधनको क्षति भइरहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ४ : १५ बजे

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग