१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

गण्डकी प्रदेशको कास्कीमा २ र पर्वतमा १ सहित ३ जना संक्रमितको मृत्यु



पोखरा । गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । कोरोना संक्रमणबाट कास्कीका दुई र पर्वतका एक जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

वैशाख १३ गते कोरोना संक्रमण पुष्टि भएर सोही दिनेदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा महानगरपालिका–१३ की ४८ वर्षीया महिलाको शुक्रबार बेलुका ५ः४० बजे मृत्यु भएको छ भने

शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएर मणिपाल अस्पतालमा भर्ना भएका पोखरा महानगरपालिका–१० का ८१ वर्षीय पुरुषको सोही दिन बेलुका ७ः२५ बजे मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार पर्वतको कुश्मा नगरपालिका–१ का ४० वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बेलुका ५ः१८ बजे मृत्यु भएको छ । वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषमा कडा खालको कोभिड निमोनिया देखिएको थियो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  २ : ५९ बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७