१७ श्रावण २०८३, आइतबार | August 3, 2026

गण्डकी प्रदेशको कास्कीमा २ र पर्वतमा १ सहित ३ जना संक्रमितको मृत्यु



पोखरा । गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । कोरोना संक्रमणबाट कास्कीका दुई र पर्वतका एक जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

वैशाख १३ गते कोरोना संक्रमण पुष्टि भएर सोही दिनेदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा महानगरपालिका–१३ की ४८ वर्षीया महिलाको शुक्रबार बेलुका ५ः४० बजे मृत्यु भएको छ भने

शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएर मणिपाल अस्पतालमा भर्ना भएका पोखरा महानगरपालिका–१० का ८१ वर्षीय पुरुषको सोही दिन बेलुका ७ः२५ बजे मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार पर्वतको कुश्मा नगरपालिका–१ का ४० वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बेलुका ५ः१८ बजे मृत्यु भएको छ । वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषमा कडा खालको कोभिड निमोनिया देखिएको थियो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  २ : ५९ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले