११ बैशाख २०८१, मंगलबार | April 23, 2024

एनटीए उपाध्यक्ष दाहालको निधन



काठमाडौं । नेप्लिज तेक्वान्दो एकेडेमी [एनटीए] का उपाध्यक्ष दिनेश दाहालको शनिबार निधन भएको छ । उनको कोरोना संक्रमणका कारण ४० वर्षको उमेरमा निधन भएको एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् । उनी धापाखेलस्थित सुमेरु अस्पतालमा भेन्टिलेटरमा उपचाररत थिए ।

तेक्वान्दोको पहिलो गीत मानिएको ‘छाती माथि सेतो हिमाल, हिउँ जस्तै पहिरन’ बोलको गीत स्व। दाहालले नै गाएका थिए ।

गोकर्णेश्वर दक्षिण ढोका निवासी स्व. दाहाल जनप्रहारका पूर्व सम्पादक थिए भने कमाण्डर पोस्टमा पनि आबद्ध थिए । पछिल्लो समय उनी सी पोस्टका न्युज डटकमका सम्पादक÷प्रकाशक थिए ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य स्व. दाहालको शनिबारै पशुपति आर्याघाटमा दाहसंस्कार गरिएको छ । स्व। दाहालका श्रीमति, १ छोरा र १ छोरी छन् ।

एनटीएका अध्यक्ष खड्काले एक असल तेक्वान्दो प्रेमी गुमाएकोमा दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेका छन् । खड्काले शोक सन्तप्त परिवारजन प्रति समवेद्ना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ६ : ४३ बजे

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम