६ बैशाख २०८३, आइतबार | April 19, 2026

एनटीए उपाध्यक्ष दाहालको निधन



काठमाडौं । नेप्लिज तेक्वान्दो एकेडेमी [एनटीए] का उपाध्यक्ष दिनेश दाहालको शनिबार निधन भएको छ । उनको कोरोना संक्रमणका कारण ४० वर्षको उमेरमा निधन भएको एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् । उनी धापाखेलस्थित सुमेरु अस्पतालमा भेन्टिलेटरमा उपचाररत थिए ।

तेक्वान्दोको पहिलो गीत मानिएको ‘छाती माथि सेतो हिमाल, हिउँ जस्तै पहिरन’ बोलको गीत स्व। दाहालले नै गाएका थिए ।

गोकर्णेश्वर दक्षिण ढोका निवासी स्व. दाहाल जनप्रहारका पूर्व सम्पादक थिए भने कमाण्डर पोस्टमा पनि आबद्ध थिए । पछिल्लो समय उनी सी पोस्टका न्युज डटकमका सम्पादक÷प्रकाशक थिए ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य स्व. दाहालको शनिबारै पशुपति आर्याघाटमा दाहसंस्कार गरिएको छ । स्व। दाहालका श्रीमति, १ छोरा र १ छोरी छन् ।

एनटीएका अध्यक्ष खड्काले एक असल तेक्वान्दो प्रेमी गुमाएकोमा दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेका छन् । खड्काले शोक सन्तप्त परिवारजन प्रति समवेद्ना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ६ : ४३ बजे

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथि प्रतिबन्ध प्रयासप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा

काठमाडौंमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

काठमाडौं । काठमाडौंको बिष्णुमती खोलाको किनारमा ठुलो परिमाणको हतियार फेला

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको

‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका