२८ भदौ २०८३, आइतबार | September 14, 2026

प्रतिमान-नीमा स्मृर्ति प्रतिस्थानले आफ्नो १२ कोठे भवन आइसोलेशन बनाउन सरकारलाई दिने घोषणा



बुटवल । पूर्व स्वास्थ्यमन्त्री दिपक बोहराका बुवा स्व. प्रतिमान बोहरा र आमा स्व. नीमा बोहराको नाममा स्थापित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले आइसोलेशन सेन्टर सञ्चालनका लागि आफ्नो भवन उपलब्ध गराउने घोषणा गरेको छ । सिद्धार्थनगर नगरपालिका–३ स्थित सीता नर्सरीमा रहेको २ तल्ले १२ कोठे भवनमा अस्थायी आइसोलेशन सेन्टर सञ्चालनका लागि संघीय, प्रदेश र स्थानीय सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।

दोस्रो चरणको कोरोना महामारी समुदायस्तरमा फैलिएको र अस्पतालहरुमा बिरामीको चाप बढ्नुका साथै बेडको अभाव भएको भन्दै शुक्रबार बसेको प्रतिष्ठानको कार्यसमितिको बैठकले आइसोलेशन सेन्टरका लागि भवन उपलब्ध गराउने निर्णय भएको संस्थाकी अध्यक्ष विजया के.सी.ले बताइन् । कोभिड–१९ को कारण नेपाल सरकारको शिक्षा मन्त्रालयको निर्णय अनुसार भौतिक रुपमा विद्यालयमा पठनपाठन बन्द रहेकोले संस्थाको भवनलाई अस्थायी आइसालेशन सेन्टर सञ्चालनका लागि सहमति प्रदान गरिएको उनले जानकारी दिइन् ।

‘प्रतिष्ठानको भवनलाई आवश्यकता अनुसार संघीय, प्रदेश र स्थानीय जुनसुकै तहको सरकारले अस्थायी आइसोलेशन सेन्टरको रुपमा सञ्चालन गर्न सक्ने निर्णय गरेका छौं, ’प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले भनिन् ।

गत वर्ष पनि कोभिड–१९ को संक्रमणका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सरकारलाई सहयोग पुर्याउने उद्देश्यले २०७६ चैत ११ देखि करिब ९ महिना भवन परिसरमा क्वारेन्टिन, होल्डिङ सेन्टर, हात धुने ठाउँ र शौचालय निर्माण गरी नेपाली सेनाको समन्वयमा सञ्चालन गरिएको प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी.ले बताए ।

 

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ८ : ४७ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा