१७ असार २०८३, बुधबार | July 2, 2026

बालुवाटारमा संवैधानिक परिषद् बैठक, प्रधानन्यायाधीस र राष्ट्रियसभा अध्यक्ष सहभागी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद् बैठक बसेको छ ।

आइतबार बिहान बसेको बैठकमा परिषद्का अध्यक्ष प्रधानमन्त्री ओलीसहित सदस्यहरु प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी छन् ।

सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले भने असंवैधानिक तबरले परिषद् बैठक बोलाइएको भन्दै बहिस्कार गरेका छन् ।

बैठकले लोकसेवा आयोगका अध्यक्षसहितका पदाधिकारी लगायत अन्य संवैधानिक निकायमा रहेका रिक्त पदमा पदपूर्ति गर्ने बताइएको छ ।
प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्लाई आफु अनुकुल संचालन गर्न अध्यादेशमार्फत कानुन संशोधन गरेका छन् ।

संविधानअनुसार संवैधानिक परिषद्  ६ सदस्यीय हुनुपर्ने र कम्तिमा पनि ५ सदस्यको अनिवार्य उपस्थिति हुनुपर्छ । तर, ओलीले अध्यादेश ल्याएर परिषद बैठकमा उपस्थित सदस्यको बहुमतले निर्णय गर्नसक्ने प्रावधान राखेका छन् । सोही प्रावधान अनुसार ३ जनामात्रै सदस्य उपस्थित भएपनि बहुमतका आधारमा ओलीले चाहेअनुसारको निर्णय गर्न सक्छन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेस र माओवादी केन्द्रले अध्यादेशको विरोध गर्दै आजको बैठकमा अनुपस्थित हुन सदस्यहरुलाई आग्रह गरेका थिए ।

 

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १० : २७ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)