२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

ला लिगा उपाधि होड : रियल बराबरीमा रोकिँदा रोमाञ्चक मोडमा



काठमाडौं । ला लिगा अन्तर्गत आइतबार रातिको खेलमा रियल मड्रिड पराजित भएको छ ।

उपाधिको दाबेदार टोली रियल सेभिल्लासँग घरेलु मैदानमै बराबरीमा रोकिएको हो । पहिलो हाफमा १-० ले पछि परेको रियलले खेलमा फर्कँदै गरेको बराबरीसँगै ला लिगा उपाधि होड थप रोमाञ्चक मोडमा पुगेको छ ।

ब्राजिलियन खेलाडी फर्नान्डोको गोलमा सेभिल्लाले २२ औं मिनेटमै अग्रता बनाएका थियो । मार्को एसेन्सियोले खेलको ६७ औं मिनेटमा गोल गर्दै रियललाई बराबरीमा ल्याएका थिए ।

पहिलो हाफमा उत्कृट प्रदर्शन गरेको सेभिल्लाको खेल दोस्रो हाफमा भने कमजोर बनेको थियो । खेलको ७५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि सेभिल्लाले २-१ को अग्रता बनाएको थियो । कर्नर प्रहार गर्ने क्रममा रियलका खेलाडीको हातमा बल लागेपछि सेभिल्लाले पाएको पेनाल्टीमा इभान राकटिचले गोल गरेका थिए ।

खेलको अतिरिक्त समयमा इडेन हजार्डले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । बराबरीसँगै रियलको ३५ खेलबाट ७५ अंक छ ।

३५ खेलबाट ७५ अंकका साथ बार्सिलोना लिगको तेस्रो स्थानमा भने समान खेल खेलेको एट्लेटिको ७७ अंकसहित लिगको शीर्ष स्थानमा छ ।

सेभिल्ला भने ३५ खेलबाट ७१ अंक जोड्दै लिगको चौथो स्थानमा कायमै छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ६ : ३० बजे

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार

सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो

बुटवल । यातायात क्षेत्रसँग सम्बद्ध विभिन्न व्यक्तिहरुले सहजरुपमा यातायात व्यवसाय