२३ जेष्ठ २०८०, मंगलबार | June 7, 2023

राजीनामाको अन्तिम विकल्पमा जान बाध्य भयौं : नेपाल-खनाल पक्ष



काठमाडौं । नेकपा एमालेको नेपाल-खनाल पक्ष अब सांसद पदबाट सामुहिक राजीनामाको विकल्प नभएको निस्कर्षमा पुगेको छ ।

पार्टी एकता वचाउनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई अन्तिम पटक समय दिएका नेपाल पक्षले अहिले सिंहदरबारस्थित संसद सचिवालयमा भेला भएर राजीनामाबारे अन्तिम निर्णय गर्न लागेको छ ।

बिहान ९ बसेसम्मको समयमा ओलीबाट कुनै जवाफ नआएका कारण आफुहरुले संसद सचिवालयलाई राजीनामा बुझाउने तयारीमा रहेको सांसद मेटमणि चौधरीले बताएका छन् ।

‘अब हामीले कुर्ने समय सकियो, हामी सामुहिक राजीनामाको अन्तिम विकल्पमा जान बाध्य भयौं’ चौधरीले भने ।

यसअघि आइतबार बसेको नेपाल पक्षीय सांसदहरुको भेलालले पार्टीलाई नवौं महाधिवशेनको विधान, नीति र सिद्धान्तका आधारमा संचालन गर्ने गरी २०७५ जेठ २ को अवस्थामा फर्काउनका लागि अध्यक्ष ओलीसँग अन्तिम पहल गर्ने निर्णय गरेको थियो । तर, ओलीले भने नेपाल पक्षका कुनै पनि मागलाई पुरा नगर्ने संकेत उनले आइतबारै जारी गरेको विज्ञप्तिमार्फत प्रष्ट भैसकेको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १० : १६ बजे

एमालेमा बुढा नेताहरुले आजीवन पद ओगट्न पाउने बाटो खुलाइयो

काठमाडौं । नेकपा एमालेले ७० वर्षे उमेरहद हटाउने भएको छ

रेशम चौधरी आममाफी प्रकरण : सर्वोच्चले दिएन उत्प्रेषणयुक्त परमादेश

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम

पुर्ख्यौली पेसा छोड्दैछन् गन्धर्व

दाङ । गाउँगाउँमा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँ गन्धर्वहरु

कल बाइपास आरोपमा एक चिनियाँसहित दुई जना पक्राउ

काठमाडौं । कल बाइपास गरेको आरोपमा एक जना चिनियाँसहित दुई