७ आश्विन २०८३, बुधबार | September 23, 2026

संसद बैठक सुरु हुनुअघि प्रचण्ड देउवा भेट, सरकार गठनमा दाबी गर्ने समझदारी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने उद्देश्यले प्रतिनिधिसभाको विशेष अधिवेशन सुरु हुन लागेको छ ।

बैठक सुरु हुनुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएको छ ।

दुवै पार्टीले प्रधामन्त्री ओलीले विश्वासको मत नपाउने अवस्थामा संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनमा दाबी गर्ने समझदारी गरेका छन् ।

बैठकमा सहभागि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले पनि ओलीले विश्वासको मत नपाएपछि राष्ट्रपतिले धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार निर्माण आह्वान गर्ने बताए । त्यसमा आफुहरुले दाबी गर्ने समझदारी भएको खाँडले जानकारी दिए । त्यसपछिको गतिविधिबारे पार्टीले अन्य दलसँग छलफल गर्दै निर्णयमा पुग्ने खाँडेले बताए ।

तर, एमालेको नेपाल पक्षका सांसदहरुले राजीनामा नदिएको अवस्था र जनता समाजवादी पार्टी जसपाले नयाँ सरकार गठनका लागि कुनै निर्णय गर्न नसकेका कारण धारा ७६ (२) अनुसार सरकार गठन कसरी हुन सक्ला भन्ने प्रश्न उठेको छ ।

तर, बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनले संविधानको धारा ७६ (२) अनुसार नै दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउने गरी तयारी गरिएको बताए ।

 

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १ : ११ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई