१ पुस २०८२, मंगलबार | December 17, 2025

पार्टी विभाजन भए नेपाल पक्षले बनाउने पार्टीमा सामेल हुन्छु : वामदेव गौतम



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले पार्टी विभाजित हुने अवस्था आए आफु माधव नेपाल पक्षले बनाउने पार्टीमा लाग्ने बताएका छन् । उपाध्यक्ष गौतमले नेपाल पक्षले संसदको ४० प्रतिशतसहित पार्टी विभाजित गरेमा वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर अलग पार्टी बनाए आफु त्यो पार्टीमा सामेल हुने स्पष्ट पारेका छन् ।

गौतमको सचिवालयको तर्फबाट बिश्वमणी सुबेदीले भनेका छन्, – ‘यदी उहाँ (खनाल र नेपाल) हरुले चाहे संसद्को ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु,’ गौतमको भनाइ छ । गौतमले पार्टी विभाजन नगरि नेपाल पक्षले संचालन गरेको समानान्तर गतिबिधिमा भने आफ्नो समर्थन नरेको समेत बताएका छन् । ‘वरिष्ठ नेता क.माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन ।’ गौतमले सचिवालय मार्फत धारणा सार्वजानिक गरेका छन् ।

उपाध्यक्ष गौतमले आफु एमाले अध्यक्ष केपी ओलीको पक्षमा उभिन नसक्ने स्पष्ट पार्दै आफुले ओलीलाई साथ दिन नसक्ने स्पष्ट पारेका छन् । ‘२ जेठ २०७५ अगाडिकै अवस्थामा एमाले सञ्चालन गर्न आग्रह गर्दा अध्यक्ष केपी शर्मा ओली तयार हुनु भएन । त्यसैले म उहाँको साथमा छैन’, गौतमको भनाई उदृढ गर्दै सुबेदीले लेखेका छन् ।

गौतमले अध्यक्ष ओली समक्ष २०७५ जे २ को अवस्थामा पार्टीलाई लैजाने आग्रह गर्दा अध्यक्ष ओलीले आफु जेठ २ भन्दा धेरै अगाडि बढिसकेको भन्दै आफुबाट त्यो काम नहुने जवाफ आएको र गौतमले ओलीलाई आफुले साथ दिन नसक्ने भन्दै बाहिरिएको सुबेदीले जनाएका छन् ।

 

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  २ : ०१ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष