१८ चैत्र २०८२, बुधबार | April 1, 2026

प्रधानमन्त्री ओलीले गुमाए संसदको विश्वास



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएका छन् ।

प्रतिनिधिसभामा विश्वासको मतका लागि केहीबेर अघि भएको मतदानमा प्रधामन्त्री ओलीले विश्वासको मत गुमाएका हुन् ।

ओलीको पक्षमा ९४ मात्र मत परेको छ भने विपक्षमा १२४ मत परेको छ ।

मतदानमा एमालेको माधव नेपाल पक्षका २८ जना सदस्यहरु अनुपस्थित भएका छन् । जम्मा ३९ जना सांसद अनुपस्थित भएका छन् । यस्तै तटस्थमा १५ मत परेको छ । मतदानमा जम्मा २३२ जना उपस्थित भएका थिए ।

प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा १ बमोजिम आफुलाई संसदको विश्वास छ भन्नका लागि मतदान भएको हो ।

संसदमा हाल कायम रहेका २७१ सदस्यसंख्यामध्ये प्रधानमन्त्रीले विश्वासको मत पाउन १३६ मतको आवश्यकता पर्दथ्यो ।

विश्वासको मत अस्वीकृत भएसँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् । ओली सरकार कामचलाउ सरकारमा परिणत भएको छ ।

अब राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार बनाउनका लागि आह्वान गर्नेछिन् ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ५ : ५६ बजे

सङ्खुवासभामा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको

बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

सुनसरी । जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७

अब बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश

सुनको मूल्य ७ हजार ४ सयले बढ्यो, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ