७ आश्विन २०८३, बुधबार | September 23, 2026

विश्वासको मत दिँदैनौं, विकल्प खोज्न अघि बढिसक्यौं : यादव



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीलाई समर्थन गर्न नसक्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यो सरकार रहेसम्म देशमा संघीयता, समावेशीता, लोकतन्त्र, संविधान र राष्ट्रिय समस्याको समाधान हुन नसक्ने जिकिर गरे ।

अध्यक्ष यादवले भने ‘प्रधानमन्त्रीकै कारण समृद्ध नेपाल सुखी नेपाली हैन दरिद्र नेपाल दुःखी नेपाल भएका छन् । यस्तो परिस्थितिमा विश्वासको मत कसरी दिने ?’

यादवले यो तीन वर्षको अवधीमा सबैभन्दा बढी हत्या हिंसा र वलात्कारका घटना भएको जिकिर गरे । उनले भने, ‘महिला हिंसा र दलित हिंसा भएका छन् । राज्यको पहिलो कर्तव्य जनताको जिउजनको रक्षा गर्नु हो तर सरकार जनताको सुरक्षा दिनमा असफल भएको छ ।’

अध्यक्ष यादवले प्रधानमन्त्री ओलीले संघीयता, समावेशिता विरुद्ध काम गरेको आरोप लगाए । उनले जुन प्रतिनिधिसभालाई विश्वास नगरी असंवैधानिक रूपमा विघटन गरियो, त्यहाँ नै विश्वासको मत कसरी माग्न आएको भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरे ।

यादवले मधेशका आन्दोलनकारी मारिँदा आँप झरेको भन्ने ओलीको पूर्वअभिव्यक्तिको स्मरण गराउँदै अहिले मधेशीलाई आँप खुवाएर फकाइरहेको आरोप लगाए ।

अध्यक्ष यादवले प्रधानमन्त्रीले विधि र प्रक्रियामार्फत शासन सत्ता चलाउनुपर्नेमा अध्यादेशमार्फत चलाउन खोजेको आरोप लगाए । उनले विश्वासको मत नदिने स्पष्ट पारे । यादवले विश्वासको मतको विरुद्धमा मतदान गर्ने र विकल्प खोज्नेतर्फ अघि बढिरहेको स्पष्ट पारे ।

 

तटस्थ बस्छौं : ठाकुर

यसअघि, जसपाका अर्का नेता महन्थ ठाकुरले भने आफुहरु कसैलाई समर्थन नगरी तटस्थ बस्ने बताएका थिए । ठाकुरले आफ्ना सांसद र मेयरहरु अझै पनि जेलमा रहेको बताउँदै संविधानको त्रुटीका कारण आफुहरु विभेदमा परेको आरोप लगाए ।

संविधान संशोधनको माग पुरा हुन बाँकी रहेको बताउँदै अहिलेको अवस्थामा आफुहरु तटस्थ बस्ने बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ४ : ०८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई