३ पुस २०८२, बिहिबार | December 18, 2025

माधव नेपालले प्रष्ट्याए संसदमा अनुपस्थित हुनुको कारण (विज्ञप्ति सहित)



काठमाडौं । संसदको बैठकमै अनुपस्थित भएर प्रधानमन्त्री केपी ओलीले संसदसँग मागेको विश्वासको मतलाई असफल बनाएलगत्तै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विश्वासको मत नदिनुको कारण सार्वजानिक गरेका छन् । सोमबार साँझ तीन पेज लामो प्रेस विज्ञिप्त जारी गर्दै वरिष्ठ नेता नेपालले देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्न आफूहरुले विश्वासको मत नदिने निर्णय गरेको बताएका छन् ।

विज्ञप्तिमा नेपालले ओलीका गलत क्रियाकलापहरुको विरोध र प्रतिवाद गर्दै प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेको बताए । ओलीका क्रियाकलाप राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा विपरित भएको उनको आरोप थियो । पटक पटक पार्टी भित्र एकता कायम गर्न प्रयास गर्दापनि अध्यक्ष ओलीले बेवास्ता गरेपछि बाध्य भएर मत नदिने निर्णय गर्नु परेको विज्ञप्तिमा उल्लेख छ । सर्वोच्च अदालतले एमाले पार्टीलाई पुर्ववत अवस्थामा पु¥याईदिएपछि स्वाभाविकरुपमा पूर्ववत कमिटीहरु ब्युँतिनुपर्नेमा २०७७ फागुन २८ गते आफ्नो गुटका सिमित ब्यक्तिहरुलाई बोर्लार नर्वौ महाधिवेशनले निर्वाचित गरेको कमिटीहरुलाई भङ्ग गर्ने काम बाट ओलीले पार्टीमा विभाजन ल्याएको नेपालले आरोप लगाएका छन् ।

विज्ञप्तिमा अध्यक्ष ओलीलाई फेरी एकपटक देश, जनता र पार्टी प्रति जिम्मेवार भएर सोँच्न, देशको संविधान र पार्टीको बिधानको सम्मान गर्न विगतका गल्तीहरुलाई सच्याउन नेपालले आग्रह गरेका छन् । ‘पार्टी एकताका लागि हामीले अगाडि सारेका कुराहरुको सम्बोधन गर्न, राष्ट्रिय तथा पार्टीको एकतालाई नखल्बल्याउन आग्रह गदछौं ।’ विज्ञप्तिको अन्तमा लेखिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ९ : २० बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका