३ पुस २०८२, बिहिबार | December 18, 2025

बाँकेमा १४ घण्टामा १२ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा पछिल्लो १४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ४ बजेपछिको मृत्युको विवरण सार्वजानिक गर्दै डीसीसीएमसी बाँकेले मंगलबार बिहान ८ बजे सम्ममा १३ जनाको मृत्यु भएको जनाएको छ । मृतक मध्य ६ जना बर्दिया, १ जना रुकुम र ५ जना बाँकेका छन् ।

मृत्यु हुने बर्दिया बाँसगढीका ७३ वर्षिय पुरुषको सोमबार साँझ ४ः३० बजे भेरी अस्पतालमा मृत्यु भएको थियो भने गुलरिया ६ का २१ वर्षिय पुरुषको पनि सोही अस्पतालमा साँझ ६ बजे मृत्यु भएको थियो । त्यसैगरि भेरीमै उपचाररत बारबर्दिया ६ की ६३ वर्षिया महिलाको सोमबार राती १० बजे, बढैयाताल ३ बर्दिया की ७८ वर्षिया महिलाको आज बिहान ५ः३० बजे, बाँसगढी ५ बर्दियाका ६० वर्षिय पुरुषको सोमबार राती १० बजे तथा भेरी अस्पतालमै उपचाररत बढैयाताल बर्दियाका ३० वर्षिय पुरुषको आज बिहान ४ बजे मृत्यु भएको छ ।

यता बाँकेमा भेरी अस्पतालमा उपचाररत नेपालगन्ज १० का ६८ वर्षिय पुरुषको सोमबार साँझ ५ः४० बजे, खजुरा गाँउपालिका ३ का ५२ वर्षिय पुरुषको आज बिहान ४ बजे, जानकी ४ की ४५ वर्षिया महिलाको पनि बिहान ४ बजे नै मृत्यु भएको छ । त्यसैगरि कोहलपुर ८ का ६२ वर्षिय पुरुषको मेडिकल कलेज कोहलपुरमै सोमबार राती ७ः१५ मा मृत्यु भएको छ भने होम आइसोलेशनमा रहेका खजुरा २ का ८८ वर्षिय पुरुषको सोमबार राती ११ः१० बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्शन तेज ओलीले जानकारी दिए ।

ओलीका अनुसार भेरी अस्पतालमा बैशाख २६ गतेबाट उपचाररत सिस्ने ३ रुकुमका ५३ वर्षिय पुरुषको पनि सोमबार राती ८ बजे मृत्यु भएको छ ।

आज मृत्यु भएसँगै बाँकेमा जिल्ला भित्रका १९६ जना र जिल्ला बाहिरका १४८ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ९ : ०१ बजे

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक