७ आश्विन २०८३, बुधबार | September 23, 2026

जसपाले एकतावद्ध भएर राष्ट्रिय भूमिका निभाउनुपर्छ : डा. भट्टराई



काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पाटी जसपाको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपाले एकतावद्ध भएर राष्ट्रिय भुमिका निभाउनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्ना धारणा राख्दै डा. भट्टराईले वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनुपर्ने बताएका हुन् । भट्टराईले लोकतन्त्रको रक्षा गर्न र कोरोना लगायतका समस्या समाधान गर्न सबै संकीर्ण दलीय गुटीय सोचभन्दा माथि उठ्नुपर्ने धारणा राखेका छन् ।

जसपाकै एक अध्यक्ष महन्थ ठाकुरले मध्यरातमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै साथ दिने आशयले वक्तव्य जारी गरेपछि संघीय परिषद् अध्यक्ष भट्टराईको प्रतिक्रिया आएको छ । भट्टराईले बल दलहरुको कोर्टमा आएको उल्लेख गरेका छन् ।

भट्टराई र जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीलाई सत्ताबाट विस्थापन गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा राख्दै आएका छन् ।

भट्टराईले भनेका छन्, ‘अब बल दलहरूको कोर्टमा आएको छ।प्रश्न एक थान सरकारको मात्र हैनसमुख्य प्रश्न लोकतन्त्रको रक्षा गर्दै कोरोनालगायतका राष्ट्रिय समस्याहरूको हल गर्नु हो। त्यसनिम्ति सबै संकीर्ण दलीय/गुटीय सोचभन्दामाथि उठ्नैपर्छ।वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनैपर्छ’

ओली सरकार विस्थापनबारे जसपाका पूर्व समुहबीच देखिएको विवाद सोमबार प्रतिनिधिसभामा प्रधानमनत्रीले विश्वासको मत लिने अवस्थामा प्रष्टै देखिएको थियो । डा. भट्टराई एवं अध्यक्ष निकट सांसदहरुले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए भने महन्थ ठाकुर र राजेन्द्र महतो पक्षधर सांसदले तटस्थ बसेर प्रधानमन्त्री ओलीलाई सघाएका थिए ।

ओलीले ठाकुरसँग आफुलाई विश्वासको मत दिन नसक्ने अवस्थामा तटस्थ बसिदिन र नयाँ सरकार गठनमा समेत असहयोगी बन्न आग्रह गर्दैआएका थिए । ओलीकै आग्रह अनुसार ठाकुर तटस्थ मात्रै बसेनन् मध्यरातमा विज्ञप्ति जारी गरेर फेरि पनि ओली सरकार नै निरन्तरता रहोस भन्ने चाहना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ९ : ४४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई