१२ बैशाख २०८१, बुधबार | April 25, 2024

विपक्षी दलको बैठक स्थगित गरेर देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

दिउसो २ बजे नयाँ सरकार गठनबारे छलफल गर्न विपक्षी राजनीतिक दलहरुको बैठक बोलाएका सभापति देउवाले त्यसलाई स्थगित गरेर पदाधिकारी बैठक बोलाएका हुन् । बैठक दिउँसो तीन बजे देउवा निवास बुढानिलकण्ठमा बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारसम्म संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलहरुको सरकार गठनका निम्ति आह्वान गरेकी छन् । दलहरुसँग छलफल गर्नुअघि पार्टीभित्र छलफल गर्ने उद्देश्यले देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

नयाँ प्रधानमन्त्रीका लागि दाबेदार देउवाका लागि जनता समाजवादी पार्टी जसपा एक नहुँदा गठबन्धन बनाउन समस्या भएको छ । जसपाको उपेन्द्र यादव पक्षले समर्थन जनाएपनि महन्थ ठाकुर पक्षले देउवालाई समर्थन नगर्ने स्पष्ट पारिसकेको छ । अब देउवाका लागि एमालेको माधवकुमार नेपाल पक्षले के गर्छ भन्ने विषय नै महत्वपूर्ण भएको छ । नेपाल पक्षले विपक्षी गठबन्धनलाई सहयोग गर्ने गरी काम गर्यो भने मात्र धारा ७६ २ अनुसार देउवाको नेतृत्वमा नयाँ सरकार बन्न सक्छ । अन्यथा, त्यो सम्भव देखिँदैन । राष्ट्रपति भण्डारीले पनि सरकार गठनका लागि छोटो समय दिएर कांग्रेस, माओवादीलाई थप दबाबमा पारेकी छन् ।

नयाँ सरकार निर्माणबारे सबै कोणबाट विश्लेषण गर्न देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ११ : ५९ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको