७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बुटवलमा आईसीयूको बेड कुर्दाकुर्दै गयो ८ जनाको ज्यान, मृत्युदर अझै बढ्न सक्ने चिकित्सकको चेतावनी



बुटवल । भनिन्छ अस्पताल पुगेपछि जिवन पाईन्छ । मान्छेहरु अस्पताल बाँच्नकै लागि पुग्ने गर्दछन् । तर कोरोना महामारी फैलिएपछि मान्छे अस्पताल पुग्नु भनेको मृत्युवरण गर्न पुगे जस्तै भएको छ । अस्पतालमा पुगेर मृत्यु हुनुको कारण भने डाक्टरले उपचार नगरेर वा नर्शले सेवा नगरेर होईन । अस्पतालमा औषधी नपाएर पनि होईन । अहिले अस्पतालमा पुगेका अधिकांस कोरोना संक्रमितहरु अक्सिजन नपाएर, आईसीयू नपाएर वा अस्पतालमा बेड नपाएर मृत्युवरण गर्न बाध्य बनेका छन् ।

मंगलबार बिहानै बुटवज स्थित कोरोना विशेष अस्पतालमा एकै रातमा ८ जनाको ज्यान गयो । कपिलवस्तु, प्युठान, नवलपरासी र रुपन्देही सहितका ११ जनाको मृत्युको सुचना सार्वजानिक गरेको लुम्बिनी प्रादेशिक अस्पतालले ८ जना एकै रात अस्पतालमा मृत्यु भएको सुचना दियो । एकै रातमा मृत्यु भएका ती कोरोना संक्रमितहरु डाक्टरको निगरानी नपाएर होईन, नर्शको सेवा नपाएर पनि होईन उनीहरुले आईसीयू नपाएर मर्न बाध्य बने । बिगत २, ३ दिन देखि कोरोना विशेष अस्पतालमा आईसीयूको प्रतिक्षामा रहेका उनीहरु आईसीयू बेड पाउने आशैआशामा मृत्यु शैयामा पुगे ।

रुपन्देहीको कुनै अस्पतालमा बेड छैन, चिकित्सकहरुको आड भरोसामा कोरोना विशेष अस्पताल बाँच्ने आशामा पुगेका संक्रमितहरुलाई अस्पतालले न त बेड दिन सक्छ न बेड पाएकालाई पर्याप्त अक्सिजन दिन सक्छ

लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना विशेष अस्पतालमा सिकिस्त भएर आउने १० देखि १२ जना संक्रमितहरु हरेक दिन आईसीयूको पालो कुरेर बसेका हुन्छन् । यसरी पालो कुर्नेहरुले निको भएर डिस्जार्ज पछि भन्दा मृत्यु भएपछि खाली भएका आईसीयू पाउने गरेका छन् । रुपन्देहीको कुनै अस्पतालमा बेड छैन, चिकित्सकहरुको आड भरोसामा कोरोना विशेष अस्पताल बाँच्ने आशामा पुगेका संक्रमितहरुलाई अस्पतालले न त बेड दिन सक्छ न बेड पाएकालाई पर्याप्त अक्सिजन दिन सक्छ ।

कोरोना विशेष अस्पतलमा ६३ जना संक्रमित छन् । त्यस मध्य १६ जना आईसीयूमा र ३६ जना एचडीयुमा उपचार चलिरहेको छ भने ११ जनालाई आईसीयू खाली भएमा बेड दिने गरि प्रतिक्षा सुचिमा राखिएको छ । अक्सिजनको नियमित आपुर्ति रोकिएपछि आईसीिसूका संक्रमितलाई समेत अक्सिजनको फ्लो कम गराईएको छ । आज बिहान समयमा अक्सिजन सिलिण्डर नझरेकै कारण कपिपय सिकिस्त बिरामीको समेत अक्सिजन मास्क निकाल्न बाध्य हुनु परेको लुम्बिनी अस्पतालका कोरोना फोकलपर्शन ढा. नन्दु पाठकले बताए । पाठकले आईसीयू बेड दिन नसकिएकै कारण संक्रमितको मृत्यु भएको स्विकार गर्दै पर्याप्त अक्सिजन, आईसीयू र भेन्टिलेटर नथप्ने हो भने हरेकदिन मृत्युको दर बढ्न सक्ने चेतावनी दिए । ‘आज पनि १०-१२ जना आईसीयूको बेडको प्रतिक्षामा छन्, बेड नपाए उनीहरु मध्यबाट कोहीको मृत्यु पनि हुन सक्छ ।’ डा. पाठकले भने ।

प्रहरीले खोजतलास गरेर कतिबेला अक्सिजन सिलिण्डर ल्याउला र संक्रमित बचाउन सकिएला भन्दै अस्पतालका डाक्टरहरु कुरेर बस्न बाध्य

प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशमा अक्सिजनको ब्यवस्थापन भईसकेको स्टाटस फेसबुकमा पोष्ट गरिरहेका बेला प्रदेश राजधानी बुटवलका अस्पतालका डाक्टरहरु बिरामीलाई अक्सिजनका लागि प्रहरी गुहार्न बाध्य छन् । प्रहरीले खोजतलास गरेर कतिबेला अक्सिजन सिलिण्डर ल्याउला र संक्रमित बचाउन सकिएला भन्दै अस्पतालका डाक्टरहरु कुरेर बस्न बाध्य भएको अस्पताल प्रमुख डा. राजेन्द्र खनालले बताए ।

आज बिहान अक्सिजनको मौज्दात पुरै सकिएपछि अस्पताल प्रशासनका कर्मचारहरु आफै शंकर ग्याँस उद्योग माधवलिया पुगेका थिए । थोरै संख्यामा सिलिण्डर झरेपछि बेड पाएका संक्रमितको उपचार सम्भव भएको फोकलपर्शन डा. पाठकले बताए ।

अस्पतालमा अक्सिजन आपुर्ति नभएपछि अस्पताल प्रशासनले अघोषितरुपमा संक्रमित आफैलाई अक्सिजनको जाहो गर्न आग्रह गरेको छ । अस्पतालले जनशक्ति, औषधी र स्थान उपलब्ध गराएपनि अक्सिजन उपलब्ध गराउन नसकेको अस्पताल प्रशासनले स्विकार गरेको छ । रातदिन नभनि अस्पतालका प्रमुख सहितको टोलि सम्बन्धित निकायमा धाईरहेपनि अक्सिजनको स्थायी ब्यवस्थापन गर्न कसैले गम्भिरता नदेखाएको अस्पतालमा कार्यरत एक चिकित्सकले बताए ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १ : ३३ बजे

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज

भारतमा लोकसभा निर्वाचनका लागि मतदान सुरू, पहिलो चरणमा १२० सिटका लागि मतदान

नयाँ दिल्ली । लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा

इन्डोनेसियामा भयानक ज्वालामुखी विष्फोट, ११ हजार बढीलाइ अन्यत्र सारियो

जाकार्ता । इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विष्फोट भए पछि ११

एसीसी प्रिमियर कपको सेमिफाइनल आज, नेपालको सामना युएईसँग

काठमाडौं । आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुदै

आजको मौसम : कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार