११ पुस २०८२, शुक्रबार | December 26, 2025

बाँकेमा थपिए ७२० नयाँ कारोना संक्रमित, १८ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा संचालनमा रहेका ३ वटा प्रयोगशाला मध्य २ वटा प्रयोगशालाको रिपोर्टबाटै ७२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबै भन्दा बढी स्वाव परीक्षण हुने भेरी अस्पताल प्रयोगशालाको रिपोर्ट प्राप्त नहुँदै जिल्लामा ७२० जना कोरोना संक्रमित थपिएका हुन् ।

नेपालगन्ज मेडिकल कलेज प्रयोगशालामा ६३२ वटा नमुना परीक्षण गर्दा ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बागेश्वरी डाईग्नोशिस केन्द्रमा ३०७ नमुना परीक्षण गर्दा २४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेमा गरिएको परीक्षणबाट पुष्टि भएका कुल ७२० संक्रमित मध्य ४८६ जना बाँके जिल्ला भित्रका र अन्य जिल्ला बाहिरका हुन् ।

बाँकेमा आज मृत्युदर बढेको छ । पछिल्लो २४ घण्टामा बाँकेमा १८ जनाको मृत्यु भएको छ । जस मध्य ७ जना बाँके जिल्लाका र ११ जना जिल्ला बाहिरबाट बाँकेमा उपचाररत भएको पीसीसीएमसी बाँकेले जनाएको छ । बाँकेमा जिल्ला भित्रका १९८ र जिल्ला बाहिरका १५२ जनाको मृत्यु भएको छ ।

बाँकेका होम आइसोलस तथा अस्पताल र स्थानीय तहका आइसोलेसनहरुबाट आज ४१४ जना कोरोना मुक्त भएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ५ : १९ बजे

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको