११ पुस २०८२, शुक्रबार | December 26, 2025

कोरोना महामारी : २२५ जनाको मृत्यु, ९४८३ नयाँ संक्रमण



काठमाडौं । निरन्तर निषेधाज्ञाको बाबजुद पनि नेपालमा कोरोना संक्रमित हुनेको संख्या बढरहेको छ । मृत्यु संख्या झन चिन्ताजनक अवस्थामा पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार ४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । २१ हजार ३१६ परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या झन चिन्ताजनक हिसाबले बढिरहेको छ । मन्त्रालयले नेपाली सेनाबाट विभिन्न मितिमा गरिएको शव व्यवस्थापनको आधारमा समेत जोडेको रिपोर्ट अनुसार मंगलबार २२५ जनाको मृत्यु भएको जनाएको छ ।

यसअघि सोमबार १३९ जनाको मृत्यु भएको थियो भने ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको थियो । हालसम्म सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ३ लाख १२ हजार १९ जना संक्रमण मुक्त भएकाछन् ।
कोरोना संक्रमणबाट हालसम्म ४ हजार ८४ जनाको मृत्यु भैसकेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ५ : ५६ बजे

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको