२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

अर्थमन्त्री पौडेलसंग लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय



बुटवल । कोभिड-१९ को प्रभाव नियन्त्रण कसरी गर्न सकिन्छ ? लुम्बिनी प्रदेशका हरेक जिल्लाका कोभिड-१९ नियन्त्रण सम्बन्धि मुलभुत समस्याहरु के के हुन ? ती समस्याहरू कसरी समाधान गर्न सकिन्छ ? भन्ने सन्दर्भमा लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको पहलमा संघिय सरकारका अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश सभाका सांसदहरू, लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, स्वास्थ्य क्षेत्रका विज्ञहरू, सुरक्षा निकायका प्रमुखहरू लगायतको उपस्थितिमा मंगलबार भर्चुअल माध्यममा बैठक सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले संघिय सरकारका अर्थमन्त्री समक्ष लुम्बिनी प्रदेशको समग्र कोभिड-१९ सम्बन्धि हालको अवस्था, प्रदेश मन्त्रालयको विशेषगरी विविध कारणले देखा परेको अक्सिजनको अभावका कारण स्वास्थ्य उपचारमा समस्या भएको बताउँदै छिटोछरितो रूपमा अक्सिजन व्यवस्थापनका लागि अक्सिजन प्लान्ट, लिक्विट ट्याङ्कको व्यवस्थापन, एन्टिजिन टेष्टको दायरा फराकिलो पार्न किटको व्यवस्थापन लगायतका अन्य कोभिड १९ नियन्त्रणका उपकरणहरू व्यवस्थापन गर्न प्रादेशिक कोभिड कोषलाई ६० करोडको बनाउन आर्थिक लगायत अन्य स्रोत व्यवस्थापन गरिदिन आग्रह गरे ।

उक्त बैठकमा अर्थमन्त्री पौडेलले अक्सिजनको तत्काल व्यवस्थापन गर्न चिनबाट ल्याउने प्रक्रिया अगाडि बढी सकेको, भेन्टिलेटर, औषधि लगायतका आवश्यक स्वास्थ सामाग्री व्यवस्थापन गर्न सरकार लागिपरेको बताउँदै आर्थिक व्यवस्थापनमा कुनै कमि नरहने बताए । लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले तत्काल बिरामीहरुलाई विशेषगरी अक्सिजन अभाव भएको, पिसीआर परिक्षणको दायरा बढाउन एवं एन्टिजिन किटको प्रयाप्त व्यवस्था गर्न लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेका थिए ।

सुरक्षा संयन्त्रले कम स्रोत साधनका बाबजुद पनि गतिविधिलाई तिब्रता दिइराखेकाले स्रोत ब्यवस्थापनका लागि आग्रह गरेका थिए भने प्रमुख जिल्ला अधिकारीले जिल्लाको समग्र कोभिडको अवस्था र चालिएका कदमबारे रिपोर्टिङ गरेका थिए । स्वास्थ्य विज्ञको तर्फबाट डा . मानबहादुर के सि ले हाम्रो जस्तो मुलुकमा कोभिड नियन्त्रणको प्रमुख उपाय भनेको भौतिक दुरी कायम गर्ने र सरसफाइमा विशेष ध्यान दिनु नै उचित हुने बताए ।

१२ वटै जिल्लामा विशेष समस्याका रूपमा देखा परेका प्रश्नहरुको जवाफ दिदै कार्यक्रम सञ्चालक लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मन्त्रालयले अगाडि सारेका योजना सहित देवदह मेडिकल कलेजमा कोभिड बेड बिस्तार गरिएको, ५८३ जना अस्थायी दरबन्दी स्वीकृत भैसकेको र आवश्यक परे थप गर्न सकिने लगायत लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड नियन्त्रणमा चालेका कदमहरूको बारेमा जानकारी दिए ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ८ : ३२ बजे

संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल

जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई

नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) ले ‘छ स्तम्भ,

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको