२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

कोरोना कहर : भण्डारमै थन्किए अलैंची र अदुवा



इलाम । कोरोनाका कारण भारत निकासी हुन नसकेपछि कृषिजन्य वस्तु भण्डारमै थन्किएका छन । निकासी हुने मुख्य सिजनमै कोरोनाले नाका र भारतीय बजार बन्द भएपछि नेपाली कृषिजन्य पदार्थ निर्यात हुन नसकेको हो ।

चैत र वैशाख महिना कृषिजन्य वस्तु निर्यात हुने मुख्य ‘सिजन’ हो । यो सिजनमा मूल्य उल्लेखनीय पाइने भएकाले नेपाली व्यवसायीले भारतमा कारोबार गर्छन । यसपटक कोरोनाको नयाँ भेरियन्टका कारण भारतीय बजार सुस्ताएको छ । साथै भारतीय बजार तथा भारत प्रवेश गर्ने नाका पनि नाका बन्द छन ।

अहिले नेपालमा उत्पादित अलैंचीमध्ये ३० प्रतिशत व्यवसायीसँगै रहेको अलैंची व्यवसायी संघका सचिव मातृका घिमिरे बताउँछन् । ‘बजार त डामाडोल भएको छ । कसरी विस्तार गर्ने पत्तो छैन,’ उनले भने । घिमिरेका अनुसार अबको ३ महिनामा नयाँ अलैंची उत्पादन हुन्छ । नयाँ अलैंची उत्पादन भएपछि पुरानोले बजार पाउँदैन । त्यसै पनि पछिल्लो समय अलैंचीको बजार खस्किएको छ ।

‘अहिले किसानले ल्याएको अलैंची लिन सक्ने तागत हामीमा छैन । प्रतिमन (४० किलो) को २४ हजारका दरले दामकाम गरिदिने गरेको छ,’ घिमिरेले भने, ‘झापा भएर जाने हो अलैंची । झापामै पनि कोरोनाको जोखिम धेरै छ । यो जोखिम मोल्न सक्ने सामथ्र्य छैन ।’ अहिले भारत अलैंचीको मुख्य बजार हो । यसैले पनि भारतले राखेको बजार मूल्यमा किसान/व्यवसायीले फसल बेच्नुपर्छ ।

भारतमा समस्या आएपछि नेपाली वस्तुले बजार पाउँदैन र कम मूल्यमा बुझाउनु पर्छ । भारतले कृत्रिम झमेला निकाल्ने गर्छ । ‘यतिबेला कोरोनाका कारण मान्छे मरिरहेका छन् । हामीले हाम्रो उत्पादित सामग्री बेच्न पाऊँ भन्न पनि सक्दैनौं,’ इलाम बिब्ल्याँटेका व्यवसायी कृष्ण पौडेलले भने, ‘पूरै वस्तु भण्डारण गरेर बस्नु परेको छ ।’ रासस

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ८ : ५२ बजे

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका

डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्ल्यूटीओ) व्यापार तथा वातावरण

पश्चिम एसियामा अलपत्र नेपालीको उद्धार : निगमद्वारा विशेष उद्धार उडान आज पनि

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने