३ पुस २०८२, बिहिबार | December 19, 2025

बाँकेमा रातभरीमा १२ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा रातभरीमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाका दुई ठूला भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा गरी ९ जना कोरोना संक्रमितको मृत्यु भएको हो । बर्दिया स्थित गुलरिया नगरपालिकाका ४७ वर्षीय महिलाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचारको क्रमको उनको आज बिहान ८ बजे मृत्यु भएको हो । भेरी अस्पतालमा सल्यानका बनगाड कुभिन्डे-६ का ५० वर्षीय पुरुषको पनि उपचारको क्रममा आज बिहान ८:३० बजे निधन भएको छ । त्यस्तै,भेरी अस्पतालमै बाँकेका ४९ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान ८:३० बजे मृत्यु भएको छ ।

सोही अस्पातालमा बाँके नेपालगञ्जका ४४ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान ६:३० बजे मृत्यु भएको हो । बाँकेको मधुवन नगरपालिका-६ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको पनि भेरी अस्पतालमा आज बिहान ८:३० बजे मृत्यु भएको जनस्वास्थ्य कार्यालयका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

उनका अनुसार कैलाली घोडाघोडि १ का ६० वर्षीय पुरुषको आज बिहान ४:४५ बजे मृत्यु भएको हो । अर्का बाँके कोहलपुरका ३० वर्षीया महिलाको हिजो साझ ९:३० बजे मृत्यु भएको छ ।

त्यस्तै, बाँकेकै ४५ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मध्यराति १:३० बजे मृत्यु भएको छ । बर्दियाका बढैयाताल गाउँपालिकाका ६५ वर्षीय पुरुषको पनि भेरी अस्पतालमा आज बिहान १० बजे उपचार हुँदै गर्दा मृत्यु भएको छ । त्यसैगरी मेडिकल कलेज काेहलपुर बैशाख २५ गते भर्ना भएका काेहलपुर ११ का ४१ वर्षिय पुरुषकाे आज बिहान ४ बजे मृत्यु भएको छ भने काेहलपुरमै २४ गते भर्ना भएकी ६४ वर्षिया महिलाकाे अाज बिहान ५:३० बजे मृत्यु भएको छ । बैशाख २२ गते भेरी अस्पतालमा भर्ना भएका तुलसिपुर दाङका ६६ वर्षिय पुरुषकाे पनि बिहान ३ बजे मृत्यु भएको डीसीसीएमसी बाँकेले जनाएकाे ५ ।

आज मृत्यु भएसँगै बाँकेमा जिल्ला भित्रका २०२ जना र जिल्ला बाहिरका १५४ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

 

 

 

 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ११ : ३४ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको