१५ चैत्र २०८२, आइतबार | March 29, 2026

कोरोनाबाट वागमती प्रदेशमा एकै दिन ३४ को मृत्यु



हेटौंडा । वागमती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसहित काठमाडौंमा मात्र ११ महिला र सात पुरुष गरी कूल १८ जनाको मृत्यु भएको हो ।

त्यस्तै मन्त्रालयका अनुसार ललितपुरका चार, भक्तपुरका तीन, चितवन, दोलखा र सिन्धुलीमा क्रमशः दुई/दुई, रसुवा, रामेछाप र सिन्धुपाल्चोकका क्रमशः एक/एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ६५३ जना पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले जानकारी दिए ।

प्रदेशमा पछिल्लो २४ घण्टामा चार हजार ६५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेमा काठमाडौं दुई हजार ७८८, ललितपुरका ६०२, भक्तपुरका ५३७, रसुवाका एक, नुवाकोटका ७३, धादिङका ११५, चितवनका १२४, सिन्धुलीका ४७, मकवानपुरका ११६, रामेछाप २४, दोलखाका १५, काभ्रे १५५ र सिन्धुपाल्चोकका ५८ जना छन् ।

वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५३ हजार ३७५ जना छन् । तीमध्ये संस्थागत आइसोलेशनमा दुई हजार ४८१, विभिन्न अस्पतालले सञ्चालन गरेको एचडियूमा ३७८, आइसियूमा ६९८, भेन्टिलेटरमा २२० उपचाररत रहेका छन् भने ४९ हजार ५९८ सङ्क्रमितहरू होम आइसोलेशन बस्दै आएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

रासस

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ११ : ३१ बजे

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सर्वोच्चमा सुनुवाइ

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

सरकारको पहिलो कामलाई लगानीकर्ताको रेडलाइट, नेप्सेमा ७१ अङ्कको गिरावट

काठमाडौं । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल

बाँके एमालेको नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, सीडीओलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको