१५ चैत्र २०८२, आइतबार | March 29, 2026

अक्सिजनको अभाव भन्दै अस्पतालहरुले दिन थाले उपचार गर्न नसक्ने सुचना, नर्भिक भन्छ कुनैपनि बेला अकल्पनीय घटना हुन सक्छ



काठमाडौैं । हरेक दिन संक्रमितहरु थपिँदै जाने तर अक्सिजनको आपुर्ति नथपिने भएपछि हिजोका दिनमा सुबिधा सम्पन्न भनेर दाबी गरिरहेका अस्पतालहरुले पनि कसैले भर्ना भएका बिरामीलाई डिस्चार्ज दिने त कोहिमा नयाँ भर्ना नलिने विज्ञप्ति निकाल्न थालेका छन् । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अक्सिजन अभावमा जुनसुकै बेला पनि अकल्पनीय घटना हुन सक्ने चेतावनी दिएको छ भने भैरहवा स्थित युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालले बुधबार दिउँसो ४ बजेपछि अक्सिजनसहित उपचार दिन नसक्ने जनाएको छ ।

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले बुधबार एक विज्ञप्ति जारी अक्सिजनको अभाव चरम बन्दै गएको भन्दै यही अवस्था जारी रहे जुनसुकै बेला पनि अकल्पनीय घटना हुन सक्ने तर्फ सचेत गराएका गराएका छन् ।

‘वर्तमान असहज अवस्था भएता पनि उपलब्ध सीमित साधनस्रोतको उच्चतम उपयोग गरी बिरामीहरुको उपचार सेवामा कुनै कमी नरहोस भनि हामी प्रयत्नशील छौं । तर, पछिल्लो अवस्थामा कोभिडको संक्रमण बढेसँगै अस्पतालमा प्राण वायुको रूपमा रहेको अक्सिजनको अभाव चरम बन्दै गएको छ । राज्यको अनुदार नीतिले झन् समस्यालाई बल्झाएको छ र तोकिएको कोटाअनुसार अक्सिजन समेत उपलब्ध हुन सकेको छैन । यो अवस्था यसै गरी जारी रहने हो भने अकल्पनीय घटना घटन सक्ने अनुमान सहजै गर्न सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।’

उता भैरहवाको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालले बुधबार दिउँसो ४ बजेपछि अक्सिजनसहित उपचार दिन नसक्ने भन्दै भर्ना भएका अस्पतालका वार्डका बिरामीहरुलाई पनि अक्सिजनको आफै ब्यवस्था गर्न भनेको छ ।

अस्पतालमा दैनिक ७ सय सिलिन्डर अक्सिजन खपत भइरहेको तर मागअनुसार आपूर्ति हुन नसकेकाले बुधबार दिउँसो ३ देखि ४ सम्मलाई मात्र अक्सिजन सिलिण्डर मौज्दात भएकाले त्यसपछि उपचार दिन नसक्ने विज्ञप्तिमार्फत जनाएको छ ।

बुधबार दिउँसो जारी विज्ञप्तिमा बिरामी र आफन्तलाई आफ्नो लागि आफैं अक्सिजन व्यवस्था गर्न भनिएको छ । खबरकुरासँग कुरा गर्दै अस्पतालका प्रवक्ता सुशिल गुरुङले जिल्ला भित्रका उत्पादकले पनि अक्सिजन दिन नसक्ने र जिल्ला बाहिरबाट ल्याउन सम्बन्धित जिल्ला प्रशासनले रोक लगाउने गरेपछि बाध्य भएर बिरामीलाई आफै जाहो गर्न भन्नु परेको बताए ।

सो अस्पतालमा कोभिड-१९ का ९० जनासहित दुई सय जना बिरामी उपचाररत छन् । तीमध्ये एक सय ८० जनालाई अक्सिजन सपोर्टमा राखेर उपचार भइरहेको छ । तीमध्ये ४० जना बिरामी भेन्टिलेटरमा र ७० जना आईसीयूमा छन् ।

माग अनुसार अक्सिजन जिल्लाका उद्योगले दिन नसकेपछि अस्पतालले चितवनबाट आउनुपर्ने १५० जम्बो सिलिण्डर अक्सिजन रोकिए ठूलो समस्या परेको गुरुङले बताए ।

 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ३ : २६ बजे

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सर्वोच्चमा सुनुवाइ

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

सरकारको पहिलो कामलाई लगानीकर्ताको रेडलाइट, नेप्सेमा ७१ अङ्कको गिरावट

काठमाडौं । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल

बाँके एमालेको नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, सीडीओलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको