१२ बैशाख २०८१, बुधबार | April 24, 2024

आरोपप्रत्यारोपका बीच जसपा शीर्ष नेताहरु बसे छलफलमा



काठमाडौं । नयाँ सरकार गठनबारे गम्भीर विवादमा रहेको जनता समाजवादी पार्टी जसपा आन्तरिक छलफलमा जुटेको छ ।

प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई विस्थापित गर्ने या उनैलाई टिकाइराख्ने भन्ने विषयमा जसपाका दुई समुहबीच गम्भीर मतभेदकै बीच छलफल बोलाइएको हो । पार्टी कार्यालय बालकुमारीमा शिर्ष नेताहरुको बैठक बस्न लागेको हो ।

प्रतिनिधिसभामा जसपा सरकार गठनका लागि निर्णायक शक्ति हो । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि भोलि राति ९ बजेसम्मको समय दिएकी छिन् । जसपाभित्र अध्यक्ष उपेन्द्र यादवसहितको बहुमत पक्षले ओलीलाई प्रधानमन्त्रीबाट विस्थापित गरी कांग्रेस नेतृत्वमा नयाँ सरकार बनाउनुपर्ने अडान राख्दै आएको छ । तर अर्का अध्यक्ष ठाकुर पक्षले भने ओलीलाई नै फेरि प्रधानमन्त्री बन्न सहज हुनेगरी तटस्थ बस्ने जनाएको छ ।

प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिँदा पनि जसपाका दुई समुहबीच प्रत्यक्ष विभाजन देखिएको थियो । यादव पक्षले विपक्षमा मतदान गरेको थियो भने ठाकुर पक्ष तटस्थ बसेको थियो ।

दुई दिनको बीचमा जसपाका दुई समुहका नेताहरुबीच आरोप प्रत्यारोप चलेको छ ।

छलफलबाट नयाँ सरकार गठनमा सहयोगी बन्ने गरी ठाकुर पक्ष सहमत नभए केन्द्रीय कार्यकारिणीको बहुमतको निर्णयका आधारमा अघि बढ्ने यादव पक्षले तयारी गरिरहेको छ । ठाकुर पक्षले भने कार्यकारिणी समितको बैठक बस्नै आनाकानी गर्दै आएको छ ।

यसैबीच ठाकुर र अर्का नेता राजेन्द्र महतोले आजै शितलनिवास पुगेर राष्ट्रपतिलाई भेट गरी पार्टीमा अध्यक्ष महन्थ ठाकुरको निर्णय मात्र मान्य हुने भन्दै नयाँ सरकारका लागि यादव पक्षको मागलाई स्वीकार नगर्न आग्रह गरेको छ । उनीहरु शितल निवास पुग्नुअघि प्रधानमन्त्री ओलीलाई भेट गरेका थिए ।

 

 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ४ : ३८ बजे

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।