४ आश्विन २०८३, आइतबार | September 21, 2026

जसपाको पदाधिकारी बैठक निष्कर्षविहीन



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को पदाधिकारी बैठक विना निष्कर्ष टुंगिएको छ । वैकल्पिक सरकार गठनबारे छलफल गर्न ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार बसेको जसपाको बैठक विना निष्कर्ष टुङ्गिएको हो ।

बैठकमा शीर्ष तहबाट वैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे छलफल भएको, तर फरकफरक धारणा आएकाले निष्कर्षमा पुग्न नसकेको एक नेताले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपचारा २ बमोजिम नयाँ सरकार गठनका लागि दिएको समयसीमा भोली बेलुका ९ बजे सकिदैछ ।

दलहरुले राष्ट्रपति भण्डारीले दिएको समय सीमामा आफ्नो नयाँ सरकार गठनको दाबी पेश गर्न नसके सरकार गठनको अर्को विकल्प शुरु हुने संवैधानिक प्रावधान रहेको छ । ज

सपा र नेकपा एमालेको माधव नेपाल पक्ष नयाँ सरकार गठनका लागि निर्णयक शक्ति भएकाले उनीहरुलाई मनाउन नेपाली काँग्रेस र माओवादी केन्द्रका नेताहरु लागिपरेका छन् ।

जसपाले आफू तटस्थ बस्ने भने पनि नयाँ सरकार गठनमा नलाग्ने बताइसकेको छ । एमालेको माधव नेपाल पक्षले राजीनामा गरेर संसदमा बहुमत सदस्य संख्या घटाउन भूमिका खेल्ने भने पनि उनीहरुबीचमै विवाद भएको देखिन्छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ८ : २४ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन