१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

स्पेनिस ला लिगा : एट्लेटिको मड्रिड उपाधि नजिक



काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गतको गएरातिको खेल जित्दै शीर्षस्थानमा रहेको एट्लेटिको मड्रिड उपाधि नजिक पुगेको छ ।

रियल सोसिडाडलाई हराउँदै एट्लेटिकोले स्पेनिस ला लिगाको उपाधि जित्ने सम्भावना बलियो बनाएको हो ।

घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा बुधबार राति सम्पन्न खेलमा एट्लेटिकोले रियल सोसिडाडलाई २-१ ले पराजित गरेको हो । जितसँगै अंक तालिकामा ४ अंकको अग्रतासहित उपाधि जित्ने सम्भावना बलियो बनाएको हो ।

खेलको १६ औं मिनेटमा यानिक करास्कोको गोलमा एट्लेटिकोले अग्रता बनाएको थियो । त्यस्तै २८ औं मिनेटमा लुइस स्वारेजको पासमा एञ्जेल कोरेराले गोल थप्दा पहिलो हाफमै एट्लेटिको दुई गोलले अघि रह्यो ।

उता सोडिडाडले दोस्रो हाफमा गोल फर्कायो । खेलको ८३ औं मिनेटमा इगोर जुबेल्डियाले गोलगर्दै सोसिडाडलाई खेलमा फर्काउन चाहेका थिए । तर त्यसपछि अर्को गोल थप्न नसक्दा सोसिडाडले अंक खोस्न सकेन ।

एट्लेटिकोको ३६ खेलबाट ८० अंक पुगेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको समान खेलबाट ७६ तथा तेस्रो स्थानमा रहेको रियल मड्रिडको ७५ तथा अंक छ । तेसो स्थानको रियलले एक खेल कम खेलेको छ । एट्लेटिकोले सन् २०१४ यता उपाधि जितेको छैन ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ७ : ०८ बजे

डढेलोले उदयपुरमा तीन सय हेक्टर वनमा क्षति

उदयपुर । केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र

इलाममा ४३ मत मात्र आएपछि कमल थापाको स्पष्टीकरण- संगठन कमजोर थियो !

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले इलाममा पार्टी कमजोर

रुपन्देहीमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीको आयोजनामा अन्तरपालिका पुरुष भलिबल

गुगलको पाइथान टिम बर्खास्त

काठमाडौं । टेक कम्पनी गूगलले पछिल्लो समय आफ्नो पुरा पायथन

उत्तराखण्ड सरकारद्वारा पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज

काठमाडौं । उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलीका १४ उत्पादनको लाइसेन्स