२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

अक्सिजन उत्पादन बढाइने



काठमाडौं । सरकारले कोभिड-१९ का सङ्क्रमितहरूको उपचार तथा उपचारका लागि अत्यावश्यक अक्सिजनको उत्पादन बढाउन र सोको व्यवस्थापनका लागि थप सजग र क्रियाशील रहेको जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अक्सिजनको उत्पादन बढाउने, अक्सिजन उद्योगहरूमा बिनाव्यवधान २४ सै घण्टा विद्युत् र पानीको सुविधा सुनिश्चित गर्ने, उद्योगको सुरक्षाका लागि पर्याप्त व्यवस्था मिलाउने, अक्सिजनको उत्पादनसँग सम्बद्ध कर्मचारी अस्वस्थ भएमा तत्काल अस्थायी कर्मचारी/प्राविधिकद्वारा उत्पादन कार्य सञ्चालन हुनसक्ने वैकल्पिक व्यवस्था गर्ने निर्णय गरिएको जनाएको छ ।

उपप्रधानमन्त्री तथा कोभिड-१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा नेपाल सरकारका मुख्य सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरू, गृह सचिव, उद्योग सचिव, औषधि व्यवस्था विभागका महानिर्देशक, स्वास्थ्य सेवा विभागका महानिर्देशक, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षलगायत विभिन्न निजी क्षेत्र तथा जनप्रतिनिधिको सहभागिता रहेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता किरणराज आचार्यले जानकारी दिए ।

बैठकले विदेशबाट अक्सिजन ट्याङ्कर आयात गरेर नेपालमा नै भर्ने, तरल अक्सिजन आयात गर्ने, प्रमुख अस्पतालमा हावाबाट अक्सिजन उत्पादन गर्न सक्ने प्रविधियुक्त अक्सिजन प्लान्ट तत्काल आयात गरी जडान गर्ने, स्वास्थ्य मन्त्रालयले आईसीयू, एचडीयू, भेन्टिलेटर र बिरामीको सङ्ख्याको तथ्याङ्क प्रकाशन गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी उद्योगहरूलाई उपलब्ध गराउने अक्सिजनको कोटा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा तोक्ने र यसको अनुगमनका साथै आकस्मिक व्यवस्थापनका लागि समन्वय सीसीएमसीले गर्ने, सम्बद्ध उद्योग २४ सै घण्टा चालू गरी अक्सिजन उपलब्ध गराउने, सञ्चित भएका जिल्लाहरूबाट काठमाडौं उपत्यका बाहिरका अक्सिजन उद्योगहरूबाट अक्सिजन भरी उपत्यकामा ल्याउने प्रवन्ध गर्ने, औषधि उपकरण लगायतका मानवीय सहायता हवाई मार्गबाट ल्याउने व्यवस्था मिलाउने लगायतका निर्णय भएको छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ७ : १३ बजे

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित

प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस, दाहाल र आङदेम्बेको असहमति

काठमाडौँ । संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा