६ बैशाख २०८१, बिहिबार | April 18, 2024

नयाँ सरकार गठनका राष्ट्रपति भण्डारीले दिएको समयसीमा आज सकिँदै, गठबन्धन सरकार बन्न ‘मुस्किल’



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि नसकेपछि २७ वैशाखमा संविधानको धारा ७६ को उपधारा (२) नयाँ सरकार गठन गर्न राष्ट्रपति भण्डारीले आज राति ९ बजेसम्मको समयसीमा दिएकी थिइन् ।

नयाँ सरकार गठनको समयसीमा सकिन लाग्दा पनि दलहरूबीच कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा सहमति जुट्न सकेको छैन ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार गठनको प्रयासमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग छलफल तीव्र पारे पनि जसपाकै एउटा खेमाले साथ दिएको छैन ।

३२ जना सांसद रहेको जनता समाजवादी पार्टी दुई खेमामा विभाजित हुँदा गठबन्धनको नयाँ सरकार बन्ने सम्भावना कम हुँदै गएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आफूहरु नयाँ सरकारमा नजाने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत पत्र लेखिसकेका छन । तर अर्का अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराईले भने जसरी पनि केपी शर्मा ओलीलाई हटाउनुपर्ने भन्दै कांग्रेसलाई साथ दिने निर्णय गरेका छन ।

जसपाले साथ नदिएपछि कांग्रेस सभापति देउवाले नेकपा एमालेको खनाल-नेपाल पक्षको साथ खोजेका छन । उनले खनाल-नेपाल पक्षका सांसदले राजीनामा दिएमा जसपाको महन्थ ठाकुर पक्षले साथ नदिए पनि नयाँ सरकार बन्ने बताएका छन । राजीनामा दिएर नयाँ सरकार गठनमा देउवालाई सघाउने बताए पनि खनाल-नेपाल पक्षका सांसदले अहिलेसम्म राजीनामा दिएका छैनन् ।

खनाल-नेपाल पक्षका २८ जना सांसदले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिएकाले राजीनामा दिएर नयाँ सरकार गठनमा कांग्रेस र माओवादीलाई सहयोग गर्ने आँकलन गरिएको छ ।

अहिले संसदमा दुई सय ७१ सांसद संख्या कायम रहेकोमा बहुमतको लागि एक सय ३६ मत आवश्यक पर्छ । तर नेपाल पक्षका सांसदले राजीनामा दिएमा बहुमत पुर्‍याउन कांग्रेस र माओवादीलाई सहज हुन्छ ।

 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ८ : ४० बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी