५ पुस २०८२, शनिबार | December 20, 2025

कांग्रेस सभापति देउवा र जसपा वरिष्ठ नेता महतोबीच भेट



काठमाडौं । नयाँ सरकार निर्माणका लागि पहल गरिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले भेटवार्ता गरेका छन् ।

बिहान सवा ११ बजेतिर देउवा निवास बूढानिलकण्ठ पुगेका महतोले सभापति देउवासँग एक्लै भेटेका छन् । यसअघि महतो जसपाका अध्यक्ष महन्ठ ठाकुरसँग हिँड्ने गर्थे । जसपाको ठाकुर महतो पक्षले नयाँ सरकार गठनमा कुनै सहभागिता नरहने बताउँदै आएको छ ।

महतोले सरकार गठनका लागि प्रयास गरिरहेका अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट कारवाही गर्ने चेतावनी दिँदै आएका थिए । तर, बहुमतीय सरकार गठनको समयसीमा साँघुरिँदै गएको बेला महतोले देउवासँग गरेको छलफललाई अर्थपूर्ण मानिएको छ ।

राष्ट्रपतिले दलहरूलाई सरकार गठनका लागि दिएको समयसीमा आज राति ९ बजेबाट सकिँदैछ।

सरकार गठनबारे जसपाका शिर्ष नेताहरुबीच बुधबार पार्टी कार्यालय बालकुमारीमा छलफल भएको थियो । तर, दुवै पक्ष आआफ्नो अडानमा रहेका कारण फेरि आज बैठक बस्नेगरी स्थगित भएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  १२ : १० बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र