१८ असार २०८३, बिहिबार | July 2, 2026

बहुमतीय सरकार गठनको सम्भावना सकियो, केपी ओली पुनः प्रधानमन्त्रीमा नियुक्त हुँदै



काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समुहका सांसदहरुले दिने भनेको सामुहिक राजीनामा रोकिएपछि बुहमतको सरकार बन्ने सम्भावना सकिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत गुमाएपछि आज राति ९ बजेसम्म बहुमतको सरकार गठनको समय दिएकी थिइन ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वा नयाँ सरकार गठनको प्रयास भएपनि एमाले सांसदहरुको राजीनामा रोकिएपछि त्यो प्रयास असफल भएको हो ।

जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षले नयाँ सरकार बनाउन असहयोग गर्ने घोषणा गरेपछि विपक्षी कांग्रेस र माओवादी केन्द्रलाई एमालेका सांसदहरुको थोरै आश बाँकी थियो ।

आजै दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीचको छलफलमा पनि अब बहुमतको सरकार बनाउन नसकिने निस्कर्ष निस्किएको थियो ।

यसैबीच नेपाली कांग्रेसको आजै बसेको पदाधिकारी बैठकले पनि एमाले सांसदहरु विना नयाँ सरकार गठनको सम्भावना लगभग सकिएको निस्कर्ष निकालेको थियो ।

अब बहुमतको सरकार बन्न नसक्ने भएपछि आजै राति ९ बजेपछि राष्ट्रपति भण्डारीले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै संसदमा ठूलो दलको हैसियतमा पुनः प्रधानमन्त्रीमा नियुक्त गर्ने पक्का भएको छ । ओली संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री हुनेछन् । ओलीले आजै राति सपथ ग्रहण गर्नेछन् ।

यसरी प्रधानमन्त्रीमा पुनः नियुक्ति पाएपछि ओलीले एक महिनाभित्र संसदबाट विश्वासको मत हासिल गर्नुपर्नेछ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ६ : ३४ बजे

आज शिक्षा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौं । बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका फिफा विश्वकप

बुटवल-३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

बुटवल । बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने

पिरोमा ‘गुलियो’ खुसी

नारायणगढ । स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश

पोखरा महानगरको बजेट पारित

कास्की । पोखरा महानगरपालिकाको १९ औँ नगरसभाले आगामी आर्थिक वर्ष