४ आश्विन २०८३, आइतबार | September 21, 2026

भारतमा एकैदिन ३ लाख २६ हजार संक्रमित थपिए



काठमाडौं । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा पछिल्लो २४ घण्टामा संक्रमितको दैनिक वृद्धिमा केही कमी आएको छ ।

लगातार ४ लाख संक्रमित हुँदै आएकोमा भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २६ हजार १२३ जना संक्रमित पुष्टि भएको छन ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ४३ लाख ७२ हजार २४३ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा २ करोड ४ लाख २६ हजार ३२३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३६ लाख ७९ हजार ६९१ छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३८ सय ७९ जना संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतकको संख्या तीन हजार माथि पुग्दै गएको छ । पछिल्लो विवरणसँगै भारतमा मृतकको संख्या २ लाख ६६ हजार २२९ पुगेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ८ : १८ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन