१८ असार २०८३, बिहिबार | July 2, 2026

जसपाको यादव–भट्टराई पक्षले बोलायो कार्यकारिणी समिति बैठक बस्दै



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको छ ।

जसपाको कार्यकारिणी समितिमा बहुमत रहेको दाबी गर्दै आएको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले आफु बैठक बोलाएको हो ।

भक्तपुरमा डोलेश्वर रिसोर्टमा पुगेर एमाले नेताको उपस्थितिमा महन्थ ठाकुर निकट सांसदहरुले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेपछि पार्टीभित्रको विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएको हो । पार्टीका केही नेताहरुले विधान विपरित गतिविधि गरेकोबारे छलफल गर्ने एक नेताले बताए ।

बैठकबारे आफूहरूलाई जानकारी नभएको ठाकुर(महतो पक्षले जनाएको छ ।

एक जना संघीय परिषद् अध्यक्ष, दुई जना अध्यक्ष रहेको जसपा कार्यकारिणी समितिमा ५१ जना रहेका छन् । जसमध्ये बहुमत सदस्य रहेको यादव भट्टराई पक्षले दाबी गरेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  १ : १५ बजे

जलविरेमा सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जलविरे नजिक बिहीबार सुख्खा पहिरो खस्दा

आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

जनकपुरधाम, १८ असार : गर्मीयाम सुरु हुनासाथ सप्तरीको सुरुङ्गा नगरपालिका–६

कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गरगहनासहित दुई

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

पत्रकार खेम भण्डारी पक्राउ

काठमाडौं । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । कञ्चनपुरको