१८ असार २०८३, बिहिबार | July 2, 2026

जसपा बैठकबारे थाहा भएन महन्थ ठाकुरलाई



काठमाडौं । जनता समाजवादी पार्टी जसपाभित्रको विवाद चरमोत्कर्षमा पुगेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणीको बैठक बोलाएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले बैठकै नबसेको जनाएका छन् ।

अध्यक्ष ठाकुरले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै पार्टी कार्यालयमा कुनै बैठक नबसकेको जिकिर गरेका हुन् । ठाकुरले पार्टीको कुनै आधिकारिक बैठक नबोलाइएको जनाएका छन् ।

ओली सरकारलाई समर्थ गर्ने या विस्थापित गर्ने विषयमा जसपाभित्र केही दियनयता गम्भीर मतभेद उत्पन्न भएको छ । अध्यक्ष उपेन्द्र यादव पक्षले प्रधानमन्त्रीबाट ओलीको विकल्पमा जानुपर्ने भन्दै विपक्षी मोर्चावन्दीमा सामेल भएको छ भने ठाकुर पक्ष ओलीलाई नै सत्तामा टिकाउन संसदमा तटस्थ बस्नेदेखि ओलीको दोस्रो सपथग्रहण समारोहमा आतिथ्यता ग्रहण गरेको छ ।

पार्टीभित्र सत्तारुढ दलको अवान्छित प्रवेशपछि समस्या सुरु भएको यादव पक्षले आरोप लगाइरहेको छ । गत बिहीबार मात्रै प्रधानमन्त्री ओलीका निकट सहयोगी सांसद महेश बस्नेतको पहलमा ठाकुर निकट सांसदहरुलाई भक्तपुर पुर्याएर राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको सार्वजनिक गरिएको थियो ।

यादव पक्षले बोलाएको कार्यकारिणिले पार्टीको विधान विपरित संसदीय दलको नेता चयन गर्न नसक्ने जनाउँदै त्यसलाई अस्वीकार गर्ने स्पष्ट पारेको छ । केन्द्रीय कार्यकारिणीमा यादव पक्ष बहुमतमा रहेको छ । तर संसदीय दलमा भने कतिपय सांसदले दुवै तिर हस्ताक्षर गर्दा आआफ्नो दाबी मात्रै प्रस्तुत हुँदै आएको छ ।

 

 

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ४ : ३८ बजे

पत्रकार खेम भण्डारी पक्राउ

काठमाडौं । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । कञ्चनपुरको

सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । आमनिर्वाचनबाट झण्डै दुई तिहाइ बहुमत प्राप्त वर्तमान सरकारले

राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले कुनै पनि तहकोे

जुम्लामा चट्याङमा परी रावतको मृत्यु

जुम्ला । जुम्लामा बुधबार साँझ परेको चट्याङमा परी हिमा गाउँपालिका-२

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका-८ खरकट्टा जङ्गलस्थित