१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

जसपा बैठकबारे थाहा भएन महन्थ ठाकुरलाई



काठमाडौं । जनता समाजवादी पार्टी जसपाभित्रको विवाद चरमोत्कर्षमा पुगेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणीको बैठक बोलाएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले बैठकै नबसेको जनाएका छन् ।

अध्यक्ष ठाकुरले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै पार्टी कार्यालयमा कुनै बैठक नबसकेको जिकिर गरेका हुन् । ठाकुरले पार्टीको कुनै आधिकारिक बैठक नबोलाइएको जनाएका छन् ।

ओली सरकारलाई समर्थ गर्ने या विस्थापित गर्ने विषयमा जसपाभित्र केही दियनयता गम्भीर मतभेद उत्पन्न भएको छ । अध्यक्ष उपेन्द्र यादव पक्षले प्रधानमन्त्रीबाट ओलीको विकल्पमा जानुपर्ने भन्दै विपक्षी मोर्चावन्दीमा सामेल भएको छ भने ठाकुर पक्ष ओलीलाई नै सत्तामा टिकाउन संसदमा तटस्थ बस्नेदेखि ओलीको दोस्रो सपथग्रहण समारोहमा आतिथ्यता ग्रहण गरेको छ ।

पार्टीभित्र सत्तारुढ दलको अवान्छित प्रवेशपछि समस्या सुरु भएको यादव पक्षले आरोप लगाइरहेको छ । गत बिहीबार मात्रै प्रधानमन्त्री ओलीका निकट सहयोगी सांसद महेश बस्नेतको पहलमा ठाकुर निकट सांसदहरुलाई भक्तपुर पुर्याएर राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको सार्वजनिक गरिएको थियो ।

यादव पक्षले बोलाएको कार्यकारिणिले पार्टीको विधान विपरित संसदीय दलको नेता चयन गर्न नसक्ने जनाउँदै त्यसलाई अस्वीकार गर्ने स्पष्ट पारेको छ । केन्द्रीय कार्यकारिणीमा यादव पक्ष बहुमतमा रहेको छ । तर संसदीय दलमा भने कतिपय सांसदले दुवै तिर हस्ताक्षर गर्दा आआफ्नो दाबी मात्रै प्रस्तुत हुँदै आएको छ ।

 

 

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ४ : ३८ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण