१८ असार २०८३, बिहिबार | July 2, 2026

जसपा विवाद : पार्टी विधान विपरित दलको नेता चुन्नेलाई कारवाही गर्ने यादव पक्षको चेतावनी



काठमाडौं । जनता समाजवादी पार्टी जनसपाको यादव पक्षले पार्टी विधान विपरित केही पनि संसदीय दलको नेता चयन हुन नसक्ने स्पष्ट पारेको छ ।

पार्टीको केन्द्रीय कार्यकारिणी बैठककै बीचमा संचारकर्मीसँग कुरागर्दै नेता रामबाबु यादवले विधान विपरित हिँड्ने जो कारवाही गर्ने बताएका हुन् । नेता यादवले महन्थ–राजेन्द्र पक्षले पार्टीको विधान विपरित राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता घोषणा गरेको आरोप लगाए ।

संचारकर्मीसँग कुरा गर्दै नेता यादवले संसदीय दलको विधान बनेपछि केन्द्रीय कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने भएपनि राजेन्द्र महतोलाई संसदीय दलको नेता विधान विपरित बनाइएको जिकिर गरे । उनले भने– ‘अहिले हाम्रो संसदीय दलको न विधान बनेको छ, र त्यो विधान बनेपछि पार्टीको कार्यकारिणी समितिबाट अनुमोदित हुनुपर्छ । संसदीय दलबाट पास भएर कार्यकारिणी समितिले अनुमोदन नगरेसम्म संसदीय दलको नेता बन्ने हुँदैन ।’

सांसद यादवले महन्थ–राजेन्द्र पक्षले आफुहरुलाई विधानभन्दा माथि बुझ्ने गरेको आरोप लगाए । संसदीय दलको नेता चयनको अनैतिक र गलत काम गरी प्रचार गरिएको भन्दै उहाँले विधान विपरित गर्नेलाई कारबाही गरिने पनि बताउनुभयो । उनले भने – ‘विधान भन्दा तलमाथि जो गर्छ, त्यसलाई कारबाही हुन्छ । कारबाही हुन बित्तिकै बस्न इच्छा लाग्छ कारबाही स्वीकारेर बस्छ । बस्न इच्छा लागेन भने बाहिर जान्छ ।’

यो पनि पढ्नुहोस : जलेश्वर–मेरियटदेखि डोलेश्वर मिशन स् दरिद्र राजनीतिक संस्कारको पटाक्षेप, फुटको संघारमा जसपा

जसपा बनेपछि अहिलेसम्म संसदीय दलको विधान बनेको छैन । पार्टी विधानको धारा २८ को उपधारा ३ मा ‘पार्टीको संघीय संसदीय दल र प्रदेशसभा संसदीय दलहरुको आआफ्नो विधान हुनेछ’ लेखिएको छ । यस्तै, उपधारा ३ मा संघीय संसदीय दलको विधान पार्टीको कार्यकारिणी समितिबाट र प्रदेशसभा संसदीय दलको विधान प्रदेश समितिबाट अनुमोदित हुनुपर्ने छ’ लेखिएको छ ।

जसपाभित्र बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबीच तिव्र मतान्तर भएको छ । दुवै पक्षले कार्यकारिणी तथा संसदीय दलको बैठक छुट्टाछुट्टै गर्न थालेका छन् भने पार्टी विभाजनको संघारमा पुगेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ४ : ५५ बजे

जलविरेमा सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जलविरे नजिक बिहीबार सुख्खा पहिरो खस्दा

आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

जनकपुरधाम, १८ असार : गर्मीयाम सुरु हुनासाथ सप्तरीको सुरुङ्गा नगरपालिका–६

कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गरगहनासहित दुई

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

पत्रकार खेम भण्डारी पक्राउ

काठमाडौं । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । कञ्चनपुरको