५ पुस २०८२, शनिबार | December 20, 2025

जसपा विवाद : पार्टी विधान विपरित दलको नेता चुन्नेलाई कारवाही गर्ने यादव पक्षको चेतावनी



काठमाडौं । जनता समाजवादी पार्टी जनसपाको यादव पक्षले पार्टी विधान विपरित केही पनि संसदीय दलको नेता चयन हुन नसक्ने स्पष्ट पारेको छ ।

पार्टीको केन्द्रीय कार्यकारिणी बैठककै बीचमा संचारकर्मीसँग कुरागर्दै नेता रामबाबु यादवले विधान विपरित हिँड्ने जो कारवाही गर्ने बताएका हुन् । नेता यादवले महन्थ–राजेन्द्र पक्षले पार्टीको विधान विपरित राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता घोषणा गरेको आरोप लगाए ।

संचारकर्मीसँग कुरा गर्दै नेता यादवले संसदीय दलको विधान बनेपछि केन्द्रीय कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने भएपनि राजेन्द्र महतोलाई संसदीय दलको नेता विधान विपरित बनाइएको जिकिर गरे । उनले भने– ‘अहिले हाम्रो संसदीय दलको न विधान बनेको छ, र त्यो विधान बनेपछि पार्टीको कार्यकारिणी समितिबाट अनुमोदित हुनुपर्छ । संसदीय दलबाट पास भएर कार्यकारिणी समितिले अनुमोदन नगरेसम्म संसदीय दलको नेता बन्ने हुँदैन ।’

सांसद यादवले महन्थ–राजेन्द्र पक्षले आफुहरुलाई विधानभन्दा माथि बुझ्ने गरेको आरोप लगाए । संसदीय दलको नेता चयनको अनैतिक र गलत काम गरी प्रचार गरिएको भन्दै उहाँले विधान विपरित गर्नेलाई कारबाही गरिने पनि बताउनुभयो । उनले भने – ‘विधान भन्दा तलमाथि जो गर्छ, त्यसलाई कारबाही हुन्छ । कारबाही हुन बित्तिकै बस्न इच्छा लाग्छ कारबाही स्वीकारेर बस्छ । बस्न इच्छा लागेन भने बाहिर जान्छ ।’

यो पनि पढ्नुहोस : जलेश्वर–मेरियटदेखि डोलेश्वर मिशन स् दरिद्र राजनीतिक संस्कारको पटाक्षेप, फुटको संघारमा जसपा

जसपा बनेपछि अहिलेसम्म संसदीय दलको विधान बनेको छैन । पार्टी विधानको धारा २८ को उपधारा ३ मा ‘पार्टीको संघीय संसदीय दल र प्रदेशसभा संसदीय दलहरुको आआफ्नो विधान हुनेछ’ लेखिएको छ । यस्तै, उपधारा ३ मा संघीय संसदीय दलको विधान पार्टीको कार्यकारिणी समितिबाट र प्रदेशसभा संसदीय दलको विधान प्रदेश समितिबाट अनुमोदित हुनुपर्ने छ’ लेखिएको छ ।

जसपाभित्र बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबीच तिव्र मतान्तर भएको छ । दुवै पक्षले कार्यकारिणी तथा संसदीय दलको बैठक छुट्टाछुट्टै गर्न थालेका छन् भने पार्टी विभाजनको संघारमा पुगेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ४ : ५५ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन