६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

नेपाल सुपर लिगको पहिलो च्याम्पियन बन्यो काठमाडौं रेजर्स



काठमाडौं । काठमाडौं रेजर्स नेपाल सुपर लिगको पहिलो च्याम्पियन बनेको छ ।

नेपालमै पहिलोपटक आयोजना भएको फ्रेन्चाइज फुटबल सुपर लिगमा शनिबार त्रिपुरेश्वरको दशरथ रंगशालामा धनगढी एफसीमाथि १-० को कठिन जित हात पार्दै काठमाडौं लिगको विजेता बनेको हो ।

काठमाडौंलाई जित दिलाउने क्रममा मेसुके ओलोमोउले निर्णायक गोल गरे । उनले पहिलो हाफको २१औं मिनेटमा विश्वास श्रेष्ठको पासमा गोल गरेका थिए । त्यही गोल नै खेलको निर्णायक बन्यो ।

योसँगै मेसुके खेलको सर्वाधिक गोलकर्ता बने। उनले प्रतियोगितामा एक ह्याट्रिकसहित ८ गोल गरेका छन्। काठमाडौंले धनगढीसँग लगातार दुई हराको पनि बदला लिन सफल भएको छ। यसअघि काठमाडौं धनगढीसँग लिग र प्लेअफमा पराजित भएको थियो।

जितसँगै काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ प्राप्त गर्‍यो भने धनगढीले १५ लाख रुपैयाँमा चित्त बुझायो । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा आयोजना गरेको प्रतियोगितामा ७ टिमले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ८ : ४९ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया