२४ बैशाख २०८१, सोमबार | May 6, 2024

एफए कपको उपाधि लेष्टर सिटीलाई, चेल्सी पराजित



काठमाडौं । इङ्ग्लिस जायन्ट चेल्सीलाई पन्छाउँदै लेस्टर सिटीले एफए कपको उपाधि जितेको छ । लेस्टरले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको हो ।

गएराति भएको फाइनलमा चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै लेस्टर पहिलो पटक एफए कपको उपाधि जित्न सफल भएको हो ।

यसअघि चार पटकसम्म फाइनलमा पुगेर पनि उपाधि विहीन बनेको लेस्टर क्लब स्थापनाको १३७ वर्षपछि ऐतिहासिक रुपमा पहिलो पटक एफए कपको विजेता बन्न फल भएको हो ।

वेम्बली स्टेडियममा लेस्टरलाई ऐतिहासिक जित दिलाउन युरी टियलमेन्सले निर्णायक गोल गरे । उनले खेलको ६३ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै टिमलाई पहिलो पटक च्याम्पियन बनाए ।

यता, खेलको ८९ औँ मिनेटमा आठ पटकको पूर्वविजेता चेल्सीका बेल चिलवेलले गोल गरेका थिए । तर, भिएआर प्रविधिमा अफसाइड देखिँदा उनको गोलले मान्यता पाएन ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ७ : ४४ बजे

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । ललितपुरको महालक्ष्मिस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

काठमाडौं । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष