४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवलमा थप ३ संक्रमितको मृत्यु



बुटवल । कोरोना संक्रमणबाट लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप ३ जना मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालका उपचाररत १ संक्रमितको गएराती र २ जना संक्रमितको आज बिहान मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

२ जना संक्रमितको प्रादेशिक अस्पतालको आकस्मिक कक्ष र एक जना संक्रमितको कोरोना बिशेष अस्पताल धागो कारखानाको आइसीयू कक्षमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।

तिलोत्तमा नगरपालिका ४ का ३६ वर्षीय पुरुषको गएराती ९ः५५ बजे अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको उनले बताए । गौतमका अनुसार उनमा श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल ल्याइएको थियो उनको आकस्मिक कक्षमै मृत्यु भएको हो ।

त्यस्तै नवलपरासी भूमहीका ४८ वर्षीय पुरुषको बुटवल कोरोना विशेष अस्पतालको आइसीयुमा उपचारका क्रममा आइतबार बिहान १२ः४० बजे मृत्यु भएको छ । बैशाख २४ गते कोरोना पुष्टि भएका ती पुरुष २६ गते अस्पतालमा भर्ना भइ उपचारत रहेको डा.गौतमले जानकारी दिए ।

त्यस्तै गुल्मी सत्यवती गाउँपालिका ५ निवासी ४५ वर्षीय पुरुषको आकस्मिक कक्षको वार्डमा उपचारका क्रममा मृत्यु भएको छ । बैशाख २८ गते भर्ना भएका उनको बिहान ५ः१५ बजे मृत्यु भएको अस्पतालले डा.गौतमले बताए ।

योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ३३९ पुगेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ९ : १३ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता